अब क्युआर (QR )काेण मार्फत प्रहरीमा उजुरी
रामेछाप – अब क्युआर काेण मार्फत प्रहरीमा उजुरी दिन सकिने भएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश भरीका जिल्लाहरुमा गुनासाे तथा उजुरीका लागि क्यूआर (QR) काेडकाे प्रयाेग गर्न सकिने व्यवस्था मिलाएकाे छ ।
नागरिकको सहजता र प्रहरीकाे सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित र पारदर्शी बनाउनका लागि प्रदेशले उक्त काेण प्रयाेगमा ल्याएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम बहादुर पराजुलीले बताए । नागरिककाे गुनासाे तथा उजुरी क्युआर मार्फत प्रदेश प्रहरी कार्यालय हेटौंडा जाने र उक्त उजुरी कारबाहीका लागि सम्बन्धित जिल्लालाई पठाउने गरि प्रदेश प्रहरी कार्यालयले व्यवस्था मिलाएकाे रामेछापका प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।नागरिककाे थप सुबिधाका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले पनि जिल्लाकाे छुट्टै क्युआर (QR) काेण बनाउने तयारी गरिरहेकाे प्रहरी प्रमुख पराजुलीले बताए ।
नागरिकको गुनासाे तथा उजुरीका लागि बागमती प्रदेश प्रहरी कार्यालयले क्युआर काेण मार्फत डिजिटल प्रविधिकाे सुरुवात गरेकाे छ । उक्त काेण रामेछापमा प्रहरी कार्यालय रामेछापकाे गेट र जिल्लाका ८ वटै स्थानिय तहकाे कार्यालयमा टास गरिएकाे छ ।
यसअघि प्रहरीले विभिन्न स्थानमा नागरिककाे गुनासाे तथा सुझावका लागि उजुरी तथा सुझाव पेटिका राखेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस