अपाङ्गता भएकाहरुलाई नगरद्वारा न्यानाे कपडा वितरण
रामेछाप – ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मन्थली नगरपालीकाले २१ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ । पालिकाले अपांग दिवसकाे अवसरमा मन्थली १२ गेलुमा अपाङ्गता सम्बन्धि सचेतिकरण कार्यक्रम गर्दै न्यानो कपडा उपलब्ध गराएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत आइतबार नगरले अपाङ्ग दिवसकाे अवसरमा अपाङ्ग सचेतना सेवा केन्द्र रामेछाप संगको सहकार्यमा गेलुमा रहेका क वर्ग, ख वर्ग र ग वर्गका अपाङ्गता भएका ब्यक्ति हरुका लागि सचेतिकरण तथा न्यानाे कपडा वितरण गरेकाे हाे ।
मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले अध्यक्षतामा संचालन भएकाे उक्त कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तीहरुलाई न्यानो कपडा स्वरुप एक – एक थान कम्मल वितरण गरिएकाे थियाे । कार्यक्रमका अवसरमा नगर उपप्रमुख बस्नेतले सिमित बजेटको कारण नगरपालिकाले नगर भित्र रहेका अपाङ्गता भएका व्यक्ति,जेष्ठ नागरिक,बालबालिका र हिँसामा परेका महिलाहरुका लागि उल्लेखनिय रुपमा काम गर्न नसकिएको बताइन ।
कार्यक्रममा अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापका अध्यक्ष वद्री नयाँघरेले सहभागिहरुलाई अपाङ्गता सम्बन्धि सचेतना र त्यस सम्बन्धि जोडिएका घटना विवरण त्यस संग जोडिएका विभिन्न कारण र उनिहरुको हकहित , अधिकार र कानूनी व्यवस्थाका बारेमा सहजिकरण गरेका थिए ।
वडा कार्यालयमा गरिएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाकाे महिला विकास शाखाकी प्रमुख भगवती तामाङ्ग,कानूनी सहजकर्ता प्रेमिला सुवेदी तथा वडाका जनप्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस