कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
रामेछाप – १२ ओैं कर दिवसको अवसरमा जिल्लाका दुई उत्कृष्ट करदातालाइ सम्मान गरिएकाे छ । दिवसका अवसरमा उत्कृष्ट करदाता तर्फ श्री ओम स्टोर्स एण्ड सप्लायर्सकी लक्ष्मी थापा र सहकारी तथा बितिय संस्था तर्फ नवजागरण बचत तथा ऋण सहकारीका अध्यक्ष श्याम थापा सम्मानित भएको हुन ।
कार्यक्रममा नियमित रुपमा कर तिरेको र उत्कृष्ट सेवा प्रदान गरेको भन्दै सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै नवजागणर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम थापाले ब्यबसायीलाई समयमै कर तिर्न अझै धेरै प्रोत्साहन गर्न जरुरी रहेको बताए । दिवसका अवसरमा आयाेजित साताब्यापी कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आर्थिक क्षेत्रलाइ समृद्ध बनाउन ब्यवसायी र करदाताको महत्वपुर्ण भुमिका रहेको बताए । प्रजिअ निराैलाले ब्यापारीहरुको समस्यामा राज्यको साथ,सहयोग रहने बताइन् ।
त्यस्तै कार्यक्रममा कर कार्यालय रामेछापका कर अधिकृत राजनमणी शर्माले मंसिर १ गते देखी ७ गते सम्म संचालन भएकाे साताव्यापी कार्यक्रममा कर शिक्षा,सचेतना कार्यक्रम र सेवाग्राहीलाई सम्मान गर्ने कार्यक्रम गरिएको बताए ।
त्यस्तै कार्यक्रममा वक्ताहरूले सामानमा गुणस्तरियता हुनुपर्ने, अनुगमनलाई वैज्ञानिक बनाउनुपर्ने र करदातालाई गरिने व्यबहारमा परिवर्तन गरिनुपर्ने बताएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस