भूमिहीन तथा सुकुम्बासीलाई तीन महिनाभित्र लालपुर्जा वितरण गर्ने
रामेछाप – राष्ट्रिय भूमि आयाेग जिल्ला समिति रामेछापकाे अध्यक्ष गाैतम लामाले अबकाे तीन महिनाभित्र भुमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सकिने बताएका छन्। उनले स्थानिय तहले तदारुकताका साथ काम गरेमा अबकाे ३ महिना भित्र लालपुर्जा वितरण गर्न सकिने बताएका हुन्।
स्थानिय तहमा तथ्यांक संकलनकाे काम भइरहेको छ । तथ्यांक संकलन गर्न बाकी रहेका पालिकाहरुलाई यथार्थ विवरण सहित यथासक्य तथ्यांक संकलन गरि सिफारिस गर्न आग्रह अध्यक्ष लामाले गरेका छन् । तथ्यांक संकलन पछि हुने सबै प्रकृया पूरा भएपछि स्थानिय जनप्रतिनिधि मार्फत नै लालपुर्जा वितरणकाे काम हुने अध्यक्ष लामाले बताए ।
जिल्लाका २ नगरपालिका र ६ गाउँपालिका गरि ८ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहमा भने तथ्यांक संकलनकाे काम सकिएकाे छ । तथ्यांक संकलनकाे काम सकिने पालिकाहरुमा रामेछाप नगरपालिका , लिखुतामाकाेसि गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गाेकुलगंगा गाउपालिका रहेका छन् । मन्थली नगरपालिका , खाँडादेवि गाउपालिका, सुनापति गाउँपालिका र दाेरम्बा गाउपालिका भने तथ्यांक संकलनकाे काम भैरहेकाे अध्यक्ष लामाले जानकारी दिए ।
हालसम्म तथ्यांक संकलन भएका पालिकाहरुकाे तथ्यांक अनुसार भूमिहीन सुकुम्बासीकाे संख्या रामेछाप नगरपालिकामा ५ , लिखुतामाकाेसि गाउँपालिकामा १६, उमाकुण्डमा ३७ ,गाेकुलगंगामा १२ रहेका छन् । त्यस्तै भूमिहीन दलितकाे संख्या लिखुमा ४,उमाकुण्डमा ४ र गाेकुलगंगामा १ रहेका छन् । त्यसैगरी अव्यवस्थित बसाेबासिहरु रामेछापमा १ हजार ३४ , लिखुमा ५१ , गाेकुलगंगामा ७ सय ८५ र उमाकुण्डमा २ सय ४९ रहेका छन् ।
यसरी संकलन भएका तथ्यांकहरु भूमि आयाेग अन्तर्गत निर्माण भएकाे वडा सहजीकरण समितिले पालिकामा सिफारिस गरेपछि पालिकाकाे सहजिकरण समितिले जिल्लालाई सिफारिस गरिन्छ । उक्त तथ्यांक माथि वडामा दाबिविराेधका लागि १ साता र पालिकामा ३५ दिने सुजना प्रकाशन दावीबिराेधका लागि खुला गर्ने प्रावधान रहेकाे छ ।त्यसपछि कुनैपनि दाबिविराध नपरेकाहरुकाे मात्र भूमि आयाेग जिल्ला समिति रामेछापलाई सिफारिस गरिने छ ।
यसरी प्राप्त भएकाे तथ्यांक माथि पनि भूमि आयाेगलाइ संका लागेका पुन: अध्ययन गरेर छानवीन गर्ने अधिकार भूमि आयाेगलाई रहेकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस