रामेछापमा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सुरु
रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा साताव्यापी ट्राफिक सचेतता कार्यक्रम सुरु भएकाे छ । चाडपर्वमा हुने ट्राफिक चामलाई सहजिकरण गर्नका लागि सचेतना कार्यक्रम सुरु भएकाे छ ।
मन्थली नगरपालिका वडा नम्बर १ काे सहयाेगमा जिल्ला ट्राफिक कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र मन्थलीकाे आयाेजनामा साेमबारबाट ट्राफिक सप्ताह सुरु भएकाे हाे ।
मन्थलीकाे देवकोटा चाेकमा साेमबारबाट सुरु भएकाे उक्त कार्यक्रम फुलपातीकाे दिनसम्म संचालन हुने आयाेजकले जानकारी दिए ।
ट्राफिक सप्ताह शुभारम्भ गर्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले ट्राफिक नियम भनेकाे स्वअनुशासन भएकाे बताएका छन् । ट्राफिक नियमलाई स्वअनुशासनकाे रुपमा पालना गरे दुर्घटना कम हुने बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले ट्राफिक सप्ताह कार्यक्रमले ट्राफिक नियमबारे सचेतना फैलाउन सहयाेग पुग्ने बताईन ।
कार्यक्रमकाे शुभारम्भमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी अनिता निराैला, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख हाेम बहादुर पराजुली , जिल्ला ट्राफिक प्रमुख दिपक चाैलागाई ,सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगाएकाे सहभागी रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस