नेविसंघ कप आजबाट रामेछापमा सुरू
रामेछाप – नेपाल बिद्यार्थी संघ रामेछापको आयाेजनामा आजबाट नेविसंघ कप रामेछापमा सुरू भएको छ । नेविसंघ कप अन्तर्गत बाग्मती प्रदेश स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता आजबाट सुरु भएकाे हाे ।
रामेछापको सदरमुकाम मन्थलीमा आज सुरु भएकाे नेविसंघ कम बागमती प्रदेशका याेजना तथा आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले उत्घाटन गरेका हुन ।खेलकाे उत्घाटन गर्दै मन्त्री लामाले समग्र खेलक्षेत्रकाे विकासका लागि आवस्यक सहयाेग मन्त्रालयबाट गर्ने बताए । त्यस्तै प्रदेशकाे तर्फबाट रामेछाप जिल्लाकाे विकासमा कुनै कन्जुस्याइँ नहुने धाराणा व्यक्त गरे ।
त्यसैगरी संघिय सांसद तथा नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ ( कान्छाराम) ले नेविसंघ कपकाे पुर्ण सफलताको शुभकामना दिदै खेलाडीहरुलाई सकारात्मक उर्जाका साथ अनुशासित भएर खेल्न आग्रह गरेका छन्
आज भएको खेलमा नुवाकाेट र ललितपुर बिच प्रतिस्पर्धा भएकाे थियाे । साे खेलमा ललितपुरलाई पछि पार्दै नुवाकोटले जित निकालेकाे छ । त्यस्तै अर्काे खेलमा रामेछाप र सिन्धुली बिच प्रतिस्पर्धा भएकाे थियाे । उक्त खेलमा सिन्धुलीलाई पछि पार्दै रामेछापले जित हात पारेकाे छ । भने त्यसपछि भएकाे चितवन र सिन्धुपाल्चोक बिचकाे खेल भाेली बिहान खेल्नेगरि स्थगित गरिएको छ ।

प्रतिस्पर्धाका लागि बागमती प्रदेशका ९ जिल्ला सहभागी हुनेभएका छन् । खेल भाेली र पर्सि संचालन हुने आयाेजकले जनाएकाे छ । प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख , दाेस्राे हुने समुहलाई १ लाख ५० हजार, तेस्राे हुनेलाई १ लाख नगद सहित सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । त्यस्तै सान्त्वना हुने समुहलाई नगद ५० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताए ।
त्यस्तैगरि कार्यक्रममा विभिन्न बिद्यालयले स्काउट मार्च पास प्रदर्शन गरेका थिए । जसमा मन्थली मावि प्रथम, कर्कलादेबी इंग्लिस बार्डिङ स्कुल द्वितीय , जि एन इंग्लिस बाेर्डिङ स्कुलले तृतीय स्थान हासिल गरेका छन् भने नाकन्या माविले तृतीय सथान हासिल गरेकाे छ । उक्त मार्चपासमा क्रमशः प्रथम ,द्वितीय तृतीय र सान्त्वना हुनेहरूलाई १० हजार,७ हजार ,५ हजार र ३ हजार नगद प्रदान गरिएको छ ।

कार्यक्रम नेविसंघ रामेछापका अध्यक्ष बिनाेद बुढाथोकीकाे अध्यक्षतामा भएकाे थियाे भने बागमती प्रदेशका अर्थ मन्त्री बाहादुरसिंह लामाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ, निवर्तमान सभापति तथा रामेछाप नगरपालिका प्रमुख लवश्री न्याैपाने, पुर्व नेविसंघ उपाध्यक्ष रत्न कार्की, जिल्ला समन्वय समिति प्रमुख चिना खड्का , लिखुतामाकाेसीका गाउँपालिका अध्यक्ष केशब महत,नेविसंघ केन्द्रीय सदस्य आयुष मल्ल ,धिरज खत्री लगाएतले शुभकामना दिएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस