रामेछापको दुई स्थानमा प्रहरी सहायता कक्ष
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको दुई स्थानमा यात्रु सहायता कक्ष संचालन गरेको छ । नजिकै गरेको चाडपर्वलाई लक्षित गर्दै मन्थलीको देवकोटा चोक र सेलेघाटमा यात्रु सहायता कक्ष संचालनमा ल्याएकाे हाे ।
चाडपर्वका समयमा हुने यात्रुको चाप, यात्रुमाथि हुने ठगि अभद्र व्यवहार तथा सम्भावित यात्रुका समस्याहरुलाई मध्यनजर गर्दै प्रहरीले यात्रु सहायता कक्ष संचालन गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ।
बिहिबारदेखि संचालनमा ल्याईएकाे उक्त यात्रु सहायता कक्ष छठ पर्वसम्म सञ्चालन गरिने प्रहरीले जनाएको छ । उक्त कक्षमा यात्राकाे क्रममा यात्रुहरुलाई आईपर्ने जुनसुकै समस्याहरु राख्न सकिने र उक्त समस्या समाधानमा सहायता कक्षका प्रहरीले सहजिकरण गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस