मानवअधिकारकर्मी पहाडी सहित १७ जना पक्राउ
काठमाण्डौ- सिंहदरबार अगाडी धर्नामा बसेका मानव अधिकारकर्मी पहाडी सहित १७ जना पक्राउ परेका छन् । मानव अधिकार र शान्ति समाजले सिंहदरबारको पश्चिम ढोकामा आयोजना गरेको धर्नामा पहाडी सहित १७ जना अधिकारकर्मी पक्राउ परेको हो ।
पक्राउ पर्नेहरूमा मानव अधिकारकर्मी तथा नागरिक अगुवाहरू अर्जुन पराजुली,उत्तम पुडासैनी, विमल अर्याल, चन्द्रमणि बञ्जरा ,नम्रता खरेल,किरण ढकाल,दिवाकार पुडासैनी,उमा गौतम, भगवान् पुडासैनी, बलबहादुर गाहा मगर,ईश्वर पुडासैनी, जयराम पुडासैनी, रमेश कुमार बराल,विकास थापा लगायतका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अधिकार कर्मीलाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको नेपाल प्रहरीले जनाएको छ ।
धर्ना बसेका अधिकारकर्मीहरूले देशका शीर्ष नेताहरू नै भ्रष्ट देखिएको र देशमा लोकतन्त्रमा खतरा बडेको भन्दै भुटानी शणनार्थी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्न माग गरेका छन् । त्यस्तै तिनै तहका सरकारलाई लोकतान्त्रिक गणतन्त्रको मान्यता अनुरूपको आचरण गर्न माग गर्दै धर्ना बसेका थिए ।
समाजले भुटानी शणनार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै जेठ १ गते देखि देशभर अभियान सुरु गरेको बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस