गर्गगोत्रीय भट्ट वंशावली लोकार्पण
काठमाण्डौं । नेपालका विभिन्न भागमा वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सोमबार काठमाण्डौंमा लोकापर्ण गरीएको छ । गर्गगोत्रीय भट्ट समाजका संयोजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले एक समारोहका विच वंशावलीको लोकार्पण गरेका हुन ।
नेपालको पूर्व देखि पश्चिम सम्म छरिएर रहेका गर्गगोत्रीय भट्ट हरुको वंशावली सूचिकृत भएको उक्त पुस्तकमा भट्ट वंशको परम्परागत इष्टकुलदेवताको पुजा विधि लगाएतका सामाग्रि संग्रहित गरिएका छन् ।
कार्यक्रममा पुस्तक प्रकाशक भरतमणी भट्टले गर्ग गोत्रीय भट्टले आफ्नो पूर्खाको बारेमा मोटामोटी जानकारी लिनका लागि वंशावलीले सघाउने वताए । उनले यो शुरुवात भएकाले भावि पुस्ताले यसलाई अझ परिस्कृत गरेर राख्न आग्रह गरे । उनले हरेक थरको वंशावली ईतिहासका लागि पनि आवश्यक रहेको वताए । ‘हाम्रो ईतिहासबारेमा हामीलाई जानकारी हुनुपर्छ , हाम्रो बारेमा थाहा नहुने तर अरुको ईतिहास पढेर वस्ने कुरा हुदैन ’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद भट्टले वंशावली अनुसन्धानका लागि श्रोत भएको उल्लेख गरे । यो सानो प्रयासले गर्गगोत्रीय भट्टहरुको वंशको खोजको आधार तयार गरेको छ । पुस्तक प्रकाशनले अवका दिनमा छलफल गर्न सहज भएकाले थप वंशको खोजिका लागि जुट्नु पर्ने उनले वताए । पुस्तकमा डोटी जिल्लाबाट वसाई सरेर पुर्व तिर आएका दुर्लभ भट्ट देखि हाल सम्मका वंशज समेटिएको छ ।
कार्यक्रममा पुस्तकका सम्पादक सुदर्शन भट्ट, गोपीकृष्ण भट्ट, सिताराम भट्ट, टीकाप्रसाद भट्ट र गणेश भट्टले गर्गगोत्रीय भट्टहरुले आफ्ना भाई वन्धु, वसोवास, संस्कृति र पुजा विधिका बारेमा जानकारी दिन वंशावलीको पुस्तकले ठुलो भूमिका खेल्ने वताए । उनले भोलीका दिनमा थप श्रृजनशिल कार्य गर्दै जानु पर्नेमा उनीहरुको जोड थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस