वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
रामेछाप – खाँडादेवी गाउँपालिका वडा नं ५ को वडा कार्यालय भवन अपायक स्थानमा बन्न लागेको भन्दै स्थानियले बिरोध गरेका छन् । नागरिकको सुविधालाइ वेवास्था गर्दै वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै स्थानियले विरोध गरेका हुन् ।
सोमबार उक्त भवन निर्माण राेक्न र सबै नागरिकलाई पाएक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्नुपर्ने माग राख्दै स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । हाल संचालनमा रहेको ठाटीडाडामा रहेकाे वडा कार्यालय वडाको एक छेउमा पर्ने भएकाले नागरिकलाई असहज भएकाले पुनः साेहि स्थानमा भवन निर्नमाण हुन लागेकाले विरोध गर्नु परेकाे स्थानियले बताए ।
उक्त स्थानमा कार्यालय निमार्ण गर्ने विषयमा यसअघि विवाद भएपछि वडा निणर्य बिहिन बन्न पुगेकाे थियो । हाल झुटो सर्वदलिय, सर्वपक्षिय बैठक बसी सोहि ठाउँमा भवन निमार्ण गर्ने निर्णय भएको सार्वजनिक भएपछि स्थानिय ,राजनितिक दल, सरोकारवाला तथा स्थानियहरुले उक्त निर्णयको विरोध गरेको स्थानिय सुजन ढुंगेलले बताए ।
त्यसैगरी अपाएक स्नथानमा बन्र लागेकाे निर्माण कार्य बन्द गरेर वडाकाे बिच केन्द्रमा पर्ने गरी वडा कार्यालयकाे भवन निर्माण गर्ने गर्ने निर्णय नगरेसम्म चरणबद्ध रुपमा बिरोद्ध तथा आन्दोलनका कार्यक्रम गर्ने सोहि वडाका वडा अध्यक्षका प्रत्यासी राजनारायण श्रेष्ठले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस