प्रेस सेन्टर ललितपुरको वार्षिक साधारणसभा सम्पन्न
ललितपुर – प्रेस सेन्टर नेपाल ललितपुरकाे साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सेन्टरको ७ ओैं वार्षिक साधारणसभामा सम्पन्न भएकाे छ ।
प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य तथा संगठन इन्चार्ज महेश्वर दाहालले प्रेस सेन्टरले पत्रकारितालाई केन्द्रमा राखेर संगठनलाई बलियो पार्नुपर्ने धारणा राख्दै ललितपुर जिल्ला सक्रिय शाखाको रुपमा रहेको बताए । त्यस्तै संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगलले ललितपुर जिल्लाले सक्रियतापूर्वक काम गरेको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न सुझाव दिए ।
साधारणसभामा जिल्लाका सचिव दिपक अर्याल र कोषाध्यक्ष कृष्ण पौडेलले प्रतिवेदन पेस गरेका थिए भने आगामी योजनाबारे पनि छलफल भएको थियो ।
साधारणसभामा संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा संगठन इन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, गंगा बराल, प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेल, उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहाल, प्रेस सेन्टर नेपाल ललितपुरका संस्थापक अध्यक्ष ज्ञानप्रसाद पौडेल, पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, ललितपुरका अध्यक्ष सागर न्यौपाने, प्रेस सेन्टर काठमाडौंका अध्यक्ष अजित अधिकारी, भक्तपुरका अध्यक्ष सन्जिप घिमिरे, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्कालगायतको उपस्थिति रहेको थियो । उनीहरुले प्रेस सेन्टर र यसका शाखालाई मजबुद पार्दै पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले आगामी दिनमा संगठनलाई थप जिम्मेवार र पेशागत सञ्चारकर्मीको हकहितमा काम गर्न थप जोड दिइने बताए । उनले साधारणसभा सम्पन्न गर्न प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नेलाई धन्यवाद दिँदै केन्द्रिय अध्यक्षको निर्देशन अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस