रामेछाप जेसिजकाे अध्यक्षमा बस्नेत
रामेछाप – रामेछाप जेसिज २०२३ का लागि अध्यक्षमा रामकुमार बस्नेत चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न भएकाे रामेछाप जेसिजकाे आठाै जिल्ला अधिवेशनले सर्वसम्मत अध्यक्षमा बस्नेत चयन भएका हुन ।
नवनिर्वाचित अध्यक्ष बस्नेत रामेछाप जेसिजका सस्थापक सदस्य हुन् । बस्नेतले यसअघि रामेछाप जेसिजमा उपाध्यक्ष ,काेषाध्यक्ष, महासचिव , कार्यकारी उपाध्यक्ष हुँदै कानुनी सल्लाहकार समेतकाे भुमिका निर्वाह गरेका थिए ।
त्यसैगरि कार्यकारिणी उपाध्यक्षमा यादव केसि र विमल पाैडेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा भरत श्रेष्ठ ,जाेनी खड्का , सुमन खड्का र राजन कार्की सर्वसम्मत चयन भएका छन् ।
यसैगरि बाकी पदाधिकारीहरु भने नवनिर्वाचित अध्यक्षबाट मनाेनित गर्न बाकी रहेकाे निर्वाचन अधिकृत रामेछाप जेसिजका सस्थापक जनक लामाले जानकारी दिएका छन् ।
रामेछाप जेसिज सन् २०१४ मा युवाहरुकाे व्यक्तित्व र नेतृत्व विकास गर्ने हेतुले रामेछापमा स्थापना भएकाे थियाे । नेपाल जेसिजले देशभर १७४ भन्दा बढी शाखाहरु विस्तार भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस