नेपाल जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रामेछाप जेसिजद्वारा कार्कीकाे उम्मेदवारी
सबिन श्रेष्ठ , रामेछाप -नेपाल जेसिजकाे यहि पाैष ७ ,८,९ र १० गते विरगञ्जमा हुन लागेकाे ४९ ओैँ महाधिवेशनमा रामेछाप जेसिजकाे तर्फबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जीवन कार्कीले उम्मेदवारी दिएका छन् । कार्कीले नेपाल जेसिज २०२३ का लागि कार्याकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।
रामेछाप जेसिजमा २०१६ मा सदस्यता लिएर जेसिज अभियानमा हाेमिएका कार्की विभिन्न पदमा रहेर कुसलता पुर्वक जिम्मेवारी पूरा गर्दै आएका उनी २०२१ मा रामेछाप जेसिजकाे अध्यक्ष निर्वाचित भएर कुसलता पुर्वक कार्यकाल पूरा गरेका थिए । त्यसैगरि कार्की रामेछाप जेसिजकाे अध्यक्ष भएपश्चात नै पहिलाे पटक रामेछापले क्षेत्र (ग) सम्मेलन समेत सफलता पुर्वक सम्पन्न गरेकाे थियाे ।
रामेछाप जेसिजकाे वर्ष २०२१ मा आफ्नाे कार्यकालमा क्षेत्रिय सम्मेलन गराउन सफल भएका कार्की २०२२ का दाेस्राे मत सहित राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भए । यसरीनै जेसिज यात्रामा सफलता प्राप्त गर्दै आएका कार्कीले वर्ष २०२३ का लागि भने राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाल जेसिजकाे इतिहासमा रामेछाप जेसिजले याे पहिलाे प्रस्तुति भएकाे रामेछाप जेसिजका महासचिव विमल पाैडेलले जानकारी दिए । धुलिखेल जेसिजकाे मातृत्वमा २०१४ रामेछाप जेसिज स्थापना भएकाे हाे । रामेछाप जेसिजले यस अघि पटक- पटक राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिएकाे भएपनि राष्ट्रिय कार्यकारी उपाध्यक्षमा भने पहिलो पटक उम्मेदवारी दिएकाे महासचिव पाैडेलले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस