कृयापुत्रीद्वारा मतदान
दाेलखाकाे कालिन्चाेक गाउपालिकामा कृयापुत्रीले मतदान गरेका छन् । कालिन्चाेक ८ सुनखानीमा कृयापुत्री बसिरहेका रामहरि सिवाकोटीले मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन ।
यहि कात्तिक २९ गते ८६ वर्षका पिता बिष्णुकान्त सिवाकोटीकाे काजकिरियाका लागि कृयापुत्रि बसेका छाेरा रामहरि सिवाकोटीले निर्वाचन आयाेगद्वारा आज सम्मपन्न प्रतिनिधि सभा तथम प्रदेश सभा सदस्यकाे निर्वाचनमा मतदान गरेका छन् । कालिन्चाेक ८ सुनखानिकाे कालिनाग मावि मतदान केन्द्रमा पुगेर मतदान सिवाकोटीले बताए ।
मतदान पछि सिवाकोटीले भने पिताकाे मृत्युकाे शाेकमा भएपनि ५ वर्षमा एकपटक प्रतिनिधि तथा प्रदेस सभा सदस्यलाई मतदान गरि मनपरेकाे उम्मेदवार छान्न पाउने अवसरलाई गुमाउन मन नलागेकाे बताए । उनले भने नेपालकाे संविधान २०७२ अनुसार मतदान गर्न पाउने नागरिकको नैसर्गिक अधिकार भएकाले सबैले सहि तरिकाबाट मताधिकार प्रयाेग गर्नुपर्ने समेत बताए ।
सिवाकोटी दाेलखा युवा खेलकुद समितिकाे अध्यक्ष हुन
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस