मदिरा सेवन गरेर हाेहल्ला गरेपछि सहायक मतदान अधिकृत प्रहरी निर्यन्त्रणमा
रामेछाप – मदिरा सेवन गरेर हाेहल्ला गरेपछि मन्थली नगरपालिका ५ सुनारपानिकाे भैरवि मावि मतदान केन्द्रका सहायक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
मंसिर ४ गतेकाे निर्वाचनका लागि मन्थली नगरपालिका वडा नं ५ सुनारपानीकाे भैरवी मा.वि काे (ग ) मतदान केन्द्र का लागि खटिएका सहायक मतदान अधिकृत मुन बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेर मातेका थापाले मतदान केन्द्रमा हाेहल्ला गरेर पछि प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरक्षक राजु ढकालले जानकारी दिएका छन् ।
सहायक मतदान अधिकृत थापालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको सुचना अधिकारी ढकालले जानकारी दिए । पक्राउ परेका सहायक मतदान अधिकृत थापा पकरबास प्रा.वि.का शिक्षक हुन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस