मन्थलीमा यात्रु सहायता कक्ष संचालनमा
रामेछाप – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रामेछापको सहकार्यमा मन्थली बजारकाे देवकोटा चाेक स्थित यात्रु सहायता कक्ष शुरु भएकाे छ । शुक्रबारबाट यात्रुहरुकाे गुनासाे तथा समस्या सम्बाेधन गर्ने गरि प्रहरीले सहायता कक्ष संचालनमा ल्याएकाे हाे ।
नजिकिदै गरेकाे चाडपर्वलाई मध्यनजर गर्दै यात्रुहरुकाे समस्या तथा गुनासाे सम्बाेधनमा लागि सहज बनाउन यात्रु सहायता कक्ष संचालनमा ल्याईएकाे प्रहरी जनाएकाे छ । चाडपर्वका समयमा यात्रुकाे चाप पढ्ने र दुर्घटना हुने , चाेरी हुने ,ठगी हुने लगाएकाे समस्या अाउने हुदा यात्रामा सहजिकरण गर्न र यात्रुकाे समस्या तत्काल सम्बाेधन गर्ने उद्देश्यले सहायता कक्ष संचालनमा ल्याएकाे रामेछापका ट्राफिक प्रहरी प्रमुख बरिस्ठ प्रहरी नायव निरिक्षक चन्द्र कुमार फजु श्रेष्ठले जानकारी दिएका छन् ।
चाडपर्वका बेला यात्रुहरुकाे चाप हुनेहुदा यातायात व्यवसायीले बढीभाडा लिने, यात्रुकाे सामान हराउने, चाेरी हुने र छुट्ने जस्ता समस्या हुने हुदा यात्रुले सहायता कक्षमा सिधै सम्पर्क गरेर प्रहरीबाट तत्काल सहयाेग लिन सक्ने प्रमुख श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस