जबरजस्ती करणी उद्योग अाराेपमा व्यवसायी कठायत जेल चलान
रामेछाप- रामेछाप उद्योग बाणिज्य संघका काेषाध्यक्ष पवन कठायत जवरजस्ती करणीको उद्योग अभियाेगमा जेल चलान भएका छन् । मंगलबार जिल्ला अदालत रामेछापले कठायतलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पुर्पक्षको लागी जेल चलान गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङका अनुसार भतिजी वुहारी नाता पर्ने विनु यादवलाई मन्थली १ भैसेश्वरमा रहेको घरमा कोहि नभएको मौका छोपी जवरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । उनले दिएको जाहेरीको आधारमा उनलाइ भदौँ १ गते मन्थलीबाट पक्राउ गरेको थियो ।
भदाैँ १ गते पक्राउ परेका कठायतलाई २१ दिन सम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेकाे थियाे । जसमा जिल्ला अदालत रामेछापकाे न्यायाधीश ईन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई आज पुर्पक्षको लागी जेल चलान गरेको हो ।
पिडित बिनु यादवको तर्फबाट सरकारी वकिल बिना खड्का र योगेन्द्र प्रसाद ढुङगेलले बहस गरेका थिए भने कठायतका तर्फबाट अधिवक्ता झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस