स्राेत नखुलेको १३ लाख ६० हजार सहित एकजना प्रहरी नियन्त्रणमा
झापा- झापा गाउपालिका १ काे लुसना सिमाक्षेत्रमा स्राेत नखुलेको १३ लाख ६० हजार रकम सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
झापा गाउपालिका १ लसुना सिमाक्षेत्रमा पदैल यात्रा गरिरहेका व्यक्तिमाथि शुक्रबार प्रहरीलाई संका लागेर चेकजाँच गर्दा झापा १ लसुनाका ५४ बर्षिय तेज बहादुर गणेशकाे साथबाट स्राेत नखुलेकाे १३ लाख ६० हजार रकम फेला पारेकाे प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
भारतबाट नेपाल तर्फ अाउदै गरेका गणेशलाइ प्रहरीले नियन्त्रणमा लिइ अावस्यक कारबाहीका लागि राजश्व अनुसन्धानकाे कार्यलय ईटहरि पठाएकाे प्रहरी प्रवक्ता पाठकले जानकारी दिए ।
गणेशले प्लास्टिककाे दुइवटा झाेलामा प्याकगरि लुकाई छिपाइ ल्याउदै गरेकाे रकममा नेपाली १ हजार दरकाे नाेट ९ सय थान ,५ सय दरकाे नाेट ८ सय थान र १ सय दरकाे नाेट ६ सय थान गरि १३ लाख ६० हजार स्राेत नखुलेकाे रकम रहेकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस