नागरिकले सुरक्षाको महशुस गर्न पाउन् : सांसद माझी
रामेछाप -बागमती प्रदेशको सांसद रिता माझिले मन्थली बजारकाे प्रहरी बिट उत्घाट गर्दै नागरिकले शान्ति सुरक्षाको महशुस गर्न पाउनु पर्ने बताएकी छन् ।
रामेछापकाे सदरमुकाम मन्थलीमा शनिबार मन्थलीकाे कटहरबाेट प्रहरी बिटकाे नयाँ भवन उत्घाटन गर्दै सांसद माझिले सम्पुर्ण नागरिकले सुरक्षाकाे प्रत्याभूति गर्ने गरि सेवा प्रवाह गर्न प्रहरीलाई अाग्रह गरेकी छन् । सेवामा खटिने प्रहरीका भवनले सेवा प्रवाह गर्न सहज हुने विस्वास व्यक्त गर्दै सांसद माझिले नागरिकले सुरक्षाकाे महशुस गर्न सक्ने गरि सेवा प्रवाह गर्न प्रहरी प्रमुखलाई अाग्रह गरेकी हुन् ।
त्यसेैगरि रामेछाप जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बिट थपिएसँगै जिम्मेवारी थपिएकाे महशुल गरेकाे बताएका छन् । नागरिकको शान्ति सुरक्षाका निमित्त प्रहरी सधै जिम्मेवार र कर्तव्य निष्ठ रहने बताउदै प्रहरी प्रमुख थिङले शान्ति सुरक्षा व्यवस्था मिलाउनका लागि भएकाे समुदायकाे सहयाेग अनुकरणीय रहेकाे भन्दै कृतज्ञाता व्यक्त गरेका छन् ।
बागमति प्रदेशका सांसद रिता माझिकाे साँसद विकास कोषकाे १० लाख रुपैया अार्थिक सहयाेग तथा स्थानियकाे सक्रियतामा उक्त बिटकाे भवन निर्माण सम्पन्न भएकाे छ । भवनकाे साँचो सांसद माझी र उपभोक्ता समितिका अध्यक्ष राजु श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङलाई हस्तान्तरण गरिएकाे छ ।
त्यसैगरि कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले बिट संचालन तथा व्यवस्थापनमा अावस्यक पर्ने सहयाेग नगरका तर्फबाट उपलब्ध गराउने बताएकी छन् ।
भवन निर्माण समितिका अध्यक्ष राजु श्रेष्ठले बिटकाे भवन निर्माण भएता पनि बजेट अभावका कारण साैचालय बन्न नसकेकाे हुदा यथासक्य साैचालय निर्माणका लागि मन्थली नगरपालिकासँग सहयाेगकाे लागि अपिल समेत गरेका छन । श्रेष्ठले गरेकाे सहयाेग अपिल लगतै मन्थली १ का निवर्तमान वडाअध्यक्ष नारायदास श्रेष्ठले साैचालय निर्माणका लागि २० बाेरा सिमेन्ट उपलब्ध गराउने बताएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस