एकवर्ष भित्र ४५ अात्महत्या ४० मुनिका मात्र २८
रामेछाप – अार्थिक वर्ष २०७८-७९ मा रामेछाप जिल्लामा ४५ जनाले अात्मा हत्या गरेका छन् । अात्मा हत्या गर्नेमा
४० वर्ष मुनिका मात्र २८ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्का अनुसार रामेछापमा अात्महत्याकाे संख्या १८ वर्ष मुनिका ७ जना १९-२५ उमेर समुहका १२ जना, २६-४० का ९ जना ४१ – ६५ का १२ जना र ६६ भन्दा माथिका ५ जनाले अात्महत्या गरेका छन् । अात्माहत्या गर्नेहरुमा बालिका १, बालक ३, महिला २१ र २० पुरुष रहेका छन् ।
४५ अात्माहत्या मध्ये ३८ वटा अात्महत्याकाे कारण खुल्न सकेकाे छैन । कारण खुलेका ७ वटा मध्ये घरझगडाका कारण ३ ,प्रेममा असफलता १, घरायसी समस्या १,मादक पदार्थ सेवन १ र १ जना अन्धविश्वासका कारणबाट अात्महत्या गरेकाे खुल्न अाएकाे प्रहरी नायव उपरीक्षक थिङ्ले जानकारी दिएका छन् ।
अघिल्लो अार्थिक वर्षहरूमा भन्दा यश वर्ष संख्यात्मक रुपमा अात्माहत्याकाे घटना घटेकाे पाइएकाे छ । गत अार्थिक वर्ष २०७७-७८ मा ६५ वटा र अार्थिक वर्ष २०७६-७७मा ५० वटा अात्माहत्याकाे घटना भएका थिए ।
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस