एकवर्ष भित्र ४५ अात्महत्या ४० मुनिका मात्र २८
रामेछाप – अार्थिक वर्ष २०७८-७९ मा रामेछाप जिल्लामा ४५ जनाले अात्मा हत्या गरेका छन् । अात्मा हत्या गर्नेमा
४० वर्ष मुनिका मात्र २८ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्का अनुसार रामेछापमा अात्महत्याकाे संख्या १८ वर्ष मुनिका ७ जना १९-२५ उमेर समुहका १२ जना, २६-४० का ९ जना ४१ – ६५ का १२ जना र ६६ भन्दा माथिका ५ जनाले अात्महत्या गरेका छन् । अात्माहत्या गर्नेहरुमा बालिका १, बालक ३, महिला २१ र २० पुरुष रहेका छन् ।
४५ अात्माहत्या मध्ये ३८ वटा अात्महत्याकाे कारण खुल्न सकेकाे छैन । कारण खुलेका ७ वटा मध्ये घरझगडाका कारण ३ ,प्रेममा असफलता १, घरायसी समस्या १,मादक पदार्थ सेवन १ र १ जना अन्धविश्वासका कारणबाट अात्महत्या गरेकाे खुल्न अाएकाे प्रहरी नायव उपरीक्षक थिङ्ले जानकारी दिएका छन् ।
अघिल्लो अार्थिक वर्षहरूमा भन्दा यश वर्ष संख्यात्मक रुपमा अात्माहत्याकाे घटना घटेकाे पाइएकाे छ । गत अार्थिक वर्ष २०७७-७८ मा ६५ वटा र अार्थिक वर्ष २०७६-७७मा ५० वटा अात्माहत्याकाे घटना भएका थिए ।
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस