पैसा नतिरि भाग्ने ठेकेदारलाई कारबाही हुन्छ :- प्रजिअ पहाडी
रामेछाप – ठेक्काको काममा सामान लगेर पैसा नतिरि भाग्ने ठेकेदारलाई कारबाही गर्ने रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी बताएका छन् । सामान लाने , काम लगाउने तर पैसा नदिने गरेकाे भनी उजुरी परेकाे भन्दै प्रजिअ पहाडीले त्यस्ता ठेकेदारलाई कारबाही गर्ने बताएका हुन ।
उदाराे सामान लगेकाे र श्रमिकलाइ काम लगाएर ज्यालाकाे पैसा नदिएकाे भनेर थुप्रै ठेकेदारकाे नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाे प्रजिअ पहाडीले बताएका छन् । यसरी उधारो सामान लाने , श्रमिकलाई ज्याला नदिने ठेकेदारलाई कारबाही गर्ने उनले बताए ।
उधारोमा सामान लगेर काम गर्ने र श्रमिकलाई ज्याला नदिने ठेकेदारहरुका नाममा अाएकाे ठाडो उजुरीका अाधारमा कारबाही गर्ने पनि पहाडीले जानकारी दिएका छन् । ठेकेदारका कारण व्यापारीहरु मारमा पेरेकाे र श्रमिक दैनिकी चलाउन समस्या भएकाे हुदा विस्वासका भरमा काम गरेकाेलाई विस्वासघात गर्नेलाइ दशी प्रमाण नभएपनि कारबाही हुने उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस