रामेछापमा बस दुर्घटना ९ जनाकाे मृत्यु २४ घाइते
रामेछाप – रामेछाप जिल्लाकाे सुनापति गाउपालिकाे लुभसघाट नजिकै यात्रुबाहक बस दुर्घटना हुदा ९ जनाकाे मृत्यु भएकाे छ, भने २४ जना घाइते भएका छन् ।
मंगलबार बिहान सुनापतिबाट काठमाडौ तर्फ जाँदै गरेकाे बा ३ ख ८३९६ नम्बरकाे यात्रुबाहक बस हिलेदेवीबाट काठमाण्डाैं तर्फ जांदै गर्दा सुनापती ५ र खाँडादेवी १ को सिमानाकाे मोडमा दुर्घटना भएकाे हाे ।
बस अचानक सडकबाट अं.३०/३५ मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । घटना स्थलमै ४ महिला सहित ९ जना मृत्यु भएकाे छ । घाइते २४ जनालाई भने उपचारका लागि धुलिखेल अस्पताल पठाएकाे र थप विवरण भने अाउन बाकी रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनाकाे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायव उपरिक्षकको राजकुमार थिङकाे नेतृत्वमा प्रहरी घटना स्थालमा पुगेकाे थियाे । उक्त प्रहरी टाेलीले बसमा सवार २४ जना घाइतेहरुकाे उद्दार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ ।
बसमा कति यात्र सवार थिए र अन्य कति व्यक्ति घाईते छन् भन्ने सम्बन्धमा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । घटना स्थल
प्रहरी चौकी लुभुघाटबाट अं. २०० मिटर उत्तर पर्ने र जिल्ला प्रहरी कार्यालयबाट बाट अं. ५५ कि.मि.पश्चिम पर्दछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस