शनिबार साझ अाएकाे हावाहुरीले गेलुमा डेढ सय घरमा क्षेति
रामेछाप – मन्थली नगरपालिका–११ गेलुकाे नाटिलामा शनिवार साँझ आएको हावाहुरी र पानीका कारण डेढ सय भन्दा बढि घरमा क्षेत्री पुगेकाे छ । साझ करिब ७ बजे तिर अकास्मात अाएकाे हावाही र पानिले झन्डै १ सय ५० घरमा क्षेति गरेकाे हाे ।
हावा हुरी र पानिका मन्थली नगरपालिका ११ गेलुमा घर तथा गाेठ गरि १ सय ५० घरको छानो उडाउनकाे छ ।त्यसैगरि बाटाेमा रुखहरु ढलेर बाटाे अवरुद्ध समेत भएकाे स्थानियले जानकारी दिएका छन् । घरकाे छाना उडाउदा जस्ताले लागेर घाइते भएकी ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागी मन्थली ल्याएको थियो भने सामान्य उपचनर पछि उनि घर फर्केकी छिन् । हावा हुरीका कारण २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएकाे र १ सय ५० भन्दा बढी घरमा क्षेति पुगेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्गले जानकारी दिएका छन् ।
अाइतबार बिहान प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पहाडीकाे नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, सशस्त्र प्रहरी प्रमुख , रेडक्रस साेसाइटी र पत्रकारकाे टाेली क्षेतिकाे अवस्था अवलोकन अध्ययन गर्न पुगेका थिए । टाेलीले अवस्था अध्ययन नेपाल रेडक्रस साेसाइटी मार्फत ४० घरपरिवारलाई तल्कालका लागि त्रिपाल उपलब्ध गराएकाे छ । पानिले घरमा भएको अन्न धान, मकै ,कोदो ,गहुँ सबै भिजेको छ । साथै हुरीले ३ वटा पसलको समान भिजेर नस्ट भएको छ भने केही रुखहरु ढलेकाे छ भने अधिकाँस रुख बिरुवाकाे हागाँहरु भाचिएकाे छन्। उक्त हावाहुरी र पानिले पुर्याएकाे क्षेतिकाे एकिन तथ्यांक भने अाउन बाकि रहेकाे
प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस