रजयछापमा २२ घरगोठ खरानीे
रामेछाप – रामेछाप नगरपालिका ७ सुकाजोरको रजयछापमा शनिबार भएको आगलागीमा परी २२ घरगोठ जलेर खरानी भएका छन् ।
स्थानीय विनोद श्रेष्ठको घरमा भएको विद्युत चुहावटमा वस्तीमा आगो सल्केको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार आगलागीमा परेर ११ घर र ११ गोठ नष्ट भएका छन् ।
आगलागीको घटना जानकारी हुना साथ जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि सुरक्षाकर्मी सहित घटनास्थलमा पुगेका थिए । प्रहरी, सेना , सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी पहाडिले आगलागि पिडितलाई तत्काल अस्थायी वसोवासका लागि त्रिपाल हस्तान्तरण गरेका छन् । आगलागिबाट हुन गएको क्षतिको एकिन विवरण लिन बांकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस