नेपाल प्रहरीका एसएसपी यादव मृत भेटिए
बुटवल- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा मृत भेटिका छन् ।
संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवकाे ‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइए पछि हेर्न जाँदा ढोका बन्द नै थियो । त्यसपछि एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो,’
नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले बताएका छन् ।
यादव कार्यालयको क्वाटरमा नै झुन्डिएको अवस्था मृत फेला परेका हुन् । उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
एसएसपी यादवलाइ केही दिनअघि मात्रै कारबाही चलाइएको थियो । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस