नेपाल जेसिजकाे राष्ट्रिय उपाध्यक्षमा रामेछापका कार्की निर्वाचित
पाेखरा-नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा रामेछापका जीवन कार्की बिजय भएका छन् । रामेछाप जेसिज २०२१ का शाखाका अध्यक्ष कार्की नेपाल जेसिजकाे २०२२ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका हुन ।
यही पाैष १,२ र ३ गते नेपाल जेसिजकाे पोखरामा भएको ४८ औं राष्ट्रिय महाधिबेशन बाट राष्ट्रिय अध्यक्षमा लालमणि भण्डारी निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा कार्की सहित १२ जना निर्वाचित भएका छन्। नेपाल जेसिजकाे विधान अनुसार राष्ट्रिय उपाध्यक्ष पदमा १२ जना निर्वाचित हुने प्रावधान रहेकाे छ । साेही अनुसार उक्त पदका लागि देशभरिबाट १९ जनाले निर्वाचनमा भाग लिएका थिए । १९ उमेदवार मध्ये उपाध्यक्ष पदमा कार्कीले ९७१ मत सहित दाेस्राे मत प्राप्त गर्दै विजय हासिल गरेका हुन । निर्वाचनमा जम्मा १२ सय ६८ मत खसेकाे थियाे । सबै भन्दा धेरै अर्थात ९८० मत सहित कुमार सिंह पहिलाे मत प्राप्त गर्न सफल भएका छन् ।
यसै गरि अन्य राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनेहरुमा
मनाेज कुमार शाह, नेत्र लाल भट्टराई रश्मि बस्नेत ,नरेश अाेझा,राम प्राद पाण्डे ,याेगिराज अधिकारी , सन्दिप अग्रहरि,कृष्ण बहादुर श्रेष्ठ ,राजिव प्रसाईं,र जीवन श्रेष्ठ रहेका छन् । उक्त पदका लागि १९ जनाकाे उमेदवारी परेकाे थियाे ।
यसै गरि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष ४ जनामा दिपेन्द्र निराैला, सुनिल तिमल्सिना ,रमा प्याकुरेल र अनिल बहादुर शाही विजयी भएका छन् । उक्त पदका लागि ९ जनाकाे उमेदवारी परेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस