फरार अभियुक्त १२ वर्ष पछि पक्राउ
निजुका खड्का ।
रामेछाप -जिल्ला प्रहरी कार्यलय रामेछापले ज्यान मार्ने मुद्दामा १२ वर्षदेखि फरार रहेका अभियुक्तलाइ पक्राउ गरेकाे छ । खाँडादेवी गाँउपालिका १ पिपलबोट घरभएका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका अन्दाजी ६५ वर्षीय ज्ञानबहादुर तामाङ र ४७ वर्षीय जयराम तामाङ्लाई प्रहरीले छुट्टा-छुटै स्थानबाट पक्राउ परेका हुन । उनीहरु मध्ये एक जना शुक्रबार र अर्को शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।
काभ्रेको तेमाल गाउँपालिका ९ बस्ने २९ वर्षीय निखिल भन्ने तिर्थमान दोङ (तामाङ) धारीलो हतियार प्रहार गरेर निर्मम तरिकाले हत्या गरेका अाराेपमा उनीहरु बिरुद्ध २०६६ साल असोज १८ गते काभ्रेको साविकको मेच्छेपौवा गाविस वडा नं ९ हाल तेमाल गाउपालिका ९ बस्ने पृथीमान दोङले जाहेरी दिएका थिए ।
पक्राउ परेका अभियुक्त ज्ञानबहादुर तामाङलाई राकाथुमबाट र जयराम तामाङ्लाई काभ्रे प्रहरीको सहयोगमा धुलिखेलबाट पक्राउ गरि दुबै जनालाई जिल्ला प्रहरी कार्यालय रामेछाप राखेर थप अनुसन्धान थालिएकाे प्रहरी नायव उपरीक्षक ढुङ्गानाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस