बलात्कार प्रयासको आरोपमा १८ वर्षीय युवक पक्राउ
रामेछाप — रामेछापको भुजीमा विद्यालयबाट घर फर्कँदै गरेकी ५ वर्षीया बालिकालाई जवर्जस्ती करणी प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको उमाकुण्ड ७ भुजीमा शुक्रबार विद्यालयबाट घर फर्कदै गर्दा ५ वर्षीया बालिकालाई उनी सगैं रहेकी ८ वर्षीया दिदीबाट छुटाई ढुंग्गाको चेपमा लगेर करणीको प्रयास गर्ने सोही स्थानका १८ वर्षीय प्रकाश भन्ने पदमबहादुर नेवारलाई प्रहरीले भुजीकै बांसघारीमा लुकेको अवस्थामा ३ दिनपछि सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बहिनीलाई करणीको प्रयास गर्न थालेपछि संगै रहेकी दिदीले चिच्च्याए पछि दिदीलाई पनि मार्ने धम्की दिई तानेर करणीको प्रयास गर्दै गर्दाको अवस्थमा अरुले देखेपछि नेवार भागेका थिए । प्रहरीले उनको खोजीको क्रममा भुजीकै लहरे टोलबाट सोमबार बेलुका पक्राउ गरेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस