बलात्कार प्रयासको आरोपमा १८ वर्षीय युवक पक्राउ
रामेछाप — रामेछापको भुजीमा विद्यालयबाट घर फर्कँदै गरेकी ५ वर्षीया बालिकालाई जवर्जस्ती करणी प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको उमाकुण्ड ७ भुजीमा शुक्रबार विद्यालयबाट घर फर्कदै गर्दा ५ वर्षीया बालिकालाई उनी सगैं रहेकी ८ वर्षीया दिदीबाट छुटाई ढुंग्गाको चेपमा लगेर करणीको प्रयास गर्ने सोही स्थानका १८ वर्षीय प्रकाश भन्ने पदमबहादुर नेवारलाई प्रहरीले भुजीकै बांसघारीमा लुकेको अवस्थामा ३ दिनपछि सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बहिनीलाई करणीको प्रयास गर्न थालेपछि संगै रहेकी दिदीले चिच्च्याए पछि दिदीलाई पनि मार्ने धम्की दिई तानेर करणीको प्रयास गर्दै गर्दाको अवस्थमा अरुले देखेपछि नेवार भागेका थिए । प्रहरीले उनको खोजीको क्रममा भुजीकै लहरे टोलबाट सोमबार बेलुका पक्राउ गरेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस