जबर्जस्ती करणीकाे अाराेपमा विक पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले
६१ बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे अाराेपमा कृष्ण विकलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमकी ६१ बर्षिय वृद्ध महिलालाई घरमा काेहि नभएकाे माैका पारी कात्तिक १६ गते जबरजस्ती करणी गरेको अाराेपमा रुपन्देहीको सूर्यपूरा गाउँपालिका–८ स्थायी घर भई राकाथुम स्थित एक कृषि फर्ममा काम गर्ने कृष्ण विकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले कात्तिक १७ गते पक्राउ गरेको हो ।
जबरजस्ती करणी पछि पीडित महिलाको अत्याधिक रक्तश्राप भएपछि उपचारको लागि काठमाडौंको लगिएको थियाे । उपचारका क्रममा डाक्टरले उच्च रक्तश्रावहुनुकाे कारण बुझ्दा पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी थिइन । पीडित महिलाले दिएको प्रारम्भिक सूचनाको आधारमा जबरजस्ती करणीमा संलग्न विकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हाे ।
पक्राउ परेका विकले आफूले ती महिलामाथि जबरजस्ती करणी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिएका छन् । पीडित महिलाले दिएककाे सूचनाको आधारमा घटनामा संलग्न विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको ढुङ्गानाले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस