दुर्गम वस्तिमा प्रशासक
रामेछाप । जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले रामेछापको उत्तरी उमाकुण्ड गाउँपालिकामा आफ्ना सेवा प्रवाह र नागरीकको समस्या वुझ्न एकैसाथ कार्यक्रम लगेका छन् ।
शुक्रबार देखि त्यस क्षेत्रमा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी, प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना र न्यायाधीवक्ता यदुनाथ शर्मा नागरीक संग छलफलमै छन् । यस अवधिमा आफ्ना कार्यालयको सेवा का विषयमा वुझ्ने, नागरीक तहमा रहेका गुनासो सुन्ने र त्यसको जवाफ दिने तथा सुझाव संकलन गरीएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले वताए ।
पहाडिका अनुसार गाउंपालिकामा आयोजित कार्यक्रममा उमाकुण्डको लाप्चाने ईलाका प्रशासन कार्यालय संचालनको मुख्य माग उठेको छ । लाप्चानेमा रहेको सो कार्यालय वन्द रहेकोले नागरिकता वनाउनका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता गुम्देल लगाएत त्यस भेगका बासिन्दाले बेहोर्दै आएका छन् । बर्षायाममा यातायात असुविधा हुदा सदरमुकामको आउजाउ कष्टकर र केहि दिन माया मार्नुपर्ने स्थानीयको गुनासो रहेको थियो ।
यसैगरी गुम्देलमा प्रहरी चौकी माग गरीएको थियो । हिमाल जोडिएको उक्त वस्तीमा यस अघि प्रशासकहरु जाँदा पनि प्रहरी चौकीको माग हुने गरेको थियो । प्रितीमा रहेको इलाका प्रहरी कार्यालयलाई स्तर वढाएर क श्रेणीको इलाका वनाउन पनि सहभागिले माग गरेका थिए ।
यसका अतिरीक्त लिखु खोलामा निर्माणाधिन लिखु जलविद्युत आयोजनाले स्थानीयको माग संवोधन नगरी मिचाहा प्रवृतिले काम गरेको दुखेसो पनि नागरीकले सरकारी अधिकारी समक्ष पोखेका थिए । स्वयं गाउंपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले समेत विद्युत आयोजनाको दादागिरी असह्य भएको गुनासो गरेका थिए ।
दुर्गममा पुगेका बेला प्रजिअ लगाएतका अधिकारीहरुले त्यस क्षेत्रको शान्ति सुरक्षा, वजार , महिला हिंसाको अवस्था, विकास निर्माणको अनुगमन लगाएतका विषयमा समेत छलफल र अन्तरक्रिया गरेको जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस