मन्थलीकाे मासुपसल अनुगमन
रामेछाप -मन्थली नगरपालिकाद्वारा अाज मन्थली बजारका विभिन्न मासुपसल अनुगमन गरेकाे छ । चाडपर्वकाे बेलामा उपभोक्ताले मासुकाे उपभाेग धेरै गर्ने हुदा उपभोक्ताकाे स्वास्थ्यलाई ध्यानमा राखेर नगरले अाइतबार मासुपसलकाे अनुगमन गरेकाे हाे ।
नगरकी उपप्रमुख माया कार्कीकाे नेतृत्वमा बजार अनुगमन गर्दा मासुपसलहरुमा गलत हतियार प्रयाेग , सरसफाइमा कमी, अव्यवस्थित मासु भण्डारण , मूल्य सुचिकाे अभाव , मुल्यमा अनेकता रहेकाे पाइएको छ ।
बजार अनुगमनका क्रममा कतिपय मासुपसल बन्द गरिएकाे अवस्था भेटिएकाले ती पसलहरुमा समस्या हुन सक्ने भएपनि यस पटककाे अनुगमनमा विगतकाे तुलनामा कम त्रुटि फेला परेकाे मन्थली नगरपालिकाका पशु विकास शाखाका प्रमुख मुकुन्द खड्काले जानकारी दिए ।
जस मध्ये अाइतबार मात्र मन्थली १ काे सुकाजाेर खाेलाकाे कजवेय देखि बसपार्क सम्मका १५ वटा मासु पसलकाे अनुगमन गरिएकाे थियाे । अनुगमनका क्रममा देखिएका कमिकमजाेरीलाइ एक महिना भित्र सच्याएर उपभोक्ताकाे हितमा गम्भीर हुन सुझाव दिएकाे प्रमुख खड्काले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस