सोमबार देखि प्रदेशको चुनावी अभियान

रामेछाप । सत्ता गठवन्धनका उमेदवदारलाइ आउदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदमा विजयी गराउनका लागि गठवन्धनले संयुक्त प्रचार प्रचार अभियान चलाउने भएको छ । उक्त अभियान सोमबार ( आश्विन ३१ ) देखि चिसापानीबाट शुरु हुदैछ ।
नेपाली काँग्रेस प्रदेश ख का सभापति राजेशकुमार श्रेष्ठका अनुसार चिसापानीबाट प्रदेशसभा १(ख) का उमेदावार माओवादी केन्द्रका नेता युवराज चौलागाई सहित थालिने अभियानमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका जिल्ला, प्रदेश र पालिका स्तरका नेताहरुको सहभागिता हुनेछ । घर दैलो , टोल भेला गर्दै चुनावी अभियान कात्तिक ९ गते भटौली आउने छ । कात्तिक १० र ११ गते दिपावलीका लाई विश्राम लिने अभियान त्यसपछि खाँडादेवि र मन्थली नगरपालिकामा केन्द्रीत हुनेछ । प्रतिनिधि सभा सदस्य पदका उमेदवार काँग्रेस नेता कान्छाराम तामाङ सहितको माओवादी केन्द्रका प्रदेश सभा १ (क) का उमेदवार तारानाराण श्रेष्ठ सहितका नेता कार्यकर्ताहरु सहभागि हुने उक्त अभियान प्रदेश क तर्फको प्रचार अभियानमा हुनेछ । ख प्रदेशका लागि कान्छाराम सहितको टोलीले फेरी घर दैलो अभिान संचालन गर्ने जनाइएको छ ।

क्याटेगोरी : राजनीति, समाज
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस