फास्ट फुड एसोसिएसनद्वारा वृहत् स्वास्थ्य शिविर
काठमाडौ – फास्ट फुड एसाेसिएन नेपालद्वारा बृहत स्वास्थ्य शिविर संचालन गरेकाे छ । यहीँ श्रावण २७ गतेदेखि ३० गतेसम्म एसाेसिएनले काठमाडौंमा बृहत स्वास्थ्य संचालन गरेकाे हाे ।
“नियमित स्वास्थ्य परीक्षण गरौँ, सम्भावित स्वास्थ्य जोखिमबाट बचौँ”भन्ने नारा सहित एसाेसिएसनले काठमाडौंका फास्ट फुड व्यवसायीहरुका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा शिविर संचालन गरेकाे हाे । उक्त शिविरमा २८१ जना व्यवसायीको स्वास्थ्य परीक्षण गरीएकाे फास्ट फुड एसोसिएसन नेपालका महासचिव राकेश श्रेष्ठले जानकारी दिए ।

एसाेसिएसनका अध्यक्ष होमराज श्रेष्ठकाे अध्यक्षतामा भएकाे उक्त शिविरकाे संयोजन स्वास्थ्य विभाग प्रमुख तथा कार्यक्रम संयोजक कुमार भण्डारीले गरेका थिए। कार्यक्रममा सम्पूर्ण कार्यसमितिका पदाधिकारी , संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला समितिका व्यवसायी तथा श्रमिकहरूको सक्रिय सहभागिता रहेको थियो ।
यसैगरीड फास्ट फुड एसोसिएसन नेपाल अन्तर्गतका व्यवसायी सदस्यहरू, फास्ट फुड रेस्टुरेन्ट व्यवसायी, शेयर सदस्य, व्यवसायीका परिवार, कार्यरत श्रमिक तथा फास्ट फ्यान नेपालबाट सिफारिस प्राप्त व्यक्तिहरूलाई उपचारमा विशेष छुटकाे साथ सुविधा उपलब्ध गराउन फास्ट फुड एसाेसिएसन नेपाल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच सम्झौता भएकाे छ।

उक्त सम्झौता अनुसार “नियमित स्वास्थ्य परीक्षण, सिया ल्याब, एक्स-रे, भिडियो एक्स-रे, ईसीजी, ईकोसहित सम्पूर्ण स्वास्थ्य परीक्षण, तथा आईसीयू, भेन्टिलेटर, अपरेसनसहित अस्पतालमा प्रदान गरिने सम्पूर्ण सेवामा” विशेष छुटकाे व्यवस्था मिलाउन एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठ र मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष एन. शर्मा बीच सम्झौता भएकाे महासचिव श्रेष्ठले बताए ।
सम्झौतामा फास्ट फुड एसोसिएसन नेपालको तर्फबाट अध्यक्ष होमराज श्रेष्ठ, उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार भण्डारी र मनमोहन मेमोरियल शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. एन. शर्मा, कार्यकारी निर्देशक डा. मुझ श्रेष्ठ, डा. निराजन सुवेदी (मेडिकल डाइरेक्टर) ले हस्ताक्षर गरेका छन्।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस