रामेछाप पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा
रामेछाप – रामेछाप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप कार्यक्रम अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाएकाे सुनिश्चितता गर्दै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जिलाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा देखिने खालका कामहरु गरेको बताए । आम नागरीकको सेवालाई सहज र सरल बनाउन १३ वटै प्रादेशिक अस्पतालहरु संचालनमा रहेको र अस्पतालहरुबाट गुणस्तरीय सेवा प्रवाह भैरहेको बताए । पत्रकारहरुको स्वास्थ्य बिमामा लाग्ने रकम यस वर्षदेखी स्वास्थ्य मन्त्रालयले व्यहोर्ने भएकाे उल्लेख गर्दै आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट विनियोजन भएको बताए ।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको जानकारी दिए ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ,जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख,जिल्ला स्थित विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुख,विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि,राजनितीक दलका प्रमुख एवं प्रतिनिधि,पत्रकार लगायतको उपस्थिती रहेको थियो । उपस्थित सम्पुर्णले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाकाे लागि प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए ।

जिल्लास्तरीय खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालयले बुधबार एक कार्यक्रमकाे आयोजना गरी पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्ला घोषणा गरेको हो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने,स्थानिय तह,स्वास्थ्य शाखा , विभिन्न कार्यालय,महिला स्वास्थ्य स्वयमसेवीका लगायतलाई सम्मान गरिएको थियो ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस