• काेसिस न्यूज
  • आयूर्वेदकाे सेवा अब मन्थली अस्पतालकाे पुरानाे भवनबाट


    रामेछाप – जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकाे सेवा अब मन्थली अस्पतालकाे पुरानाे भवन रहेको स्थानबाट संचालन हुने भएकाे छ । बुधबारबाट आयूर्वेदले उक्त स्थानबाट सेवा सुचारू गरेकाे हाे ।

    उक्त सेवाकाे सुभाराम्भ वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरकाे उपस्तिथिमा गरिएकाे हाे । सेवा सुभाम्भका क्रममा मन्त्री थापाले आयूर्वेदकाे आफ्नै भवन नबन्दासम्म उक्त भवनबाट सेवा सुचारु गर्ने बताए । साथै स्वा संचालनका लागि व्यवस्था मिलाएर सहयोग गरेकाेमा मन्थली नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरे ।

    मन्त्री मगरले आउने भदौ महिनासम्ममा चिकित्सालयलाई इनडोर सेवा सहित सञ्चालनको लागि जनशक्ति, उपकरण लगायतको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस