राष्ट्रपति रनिङ सिल्डकाे उपाधि मन्थली माविलाई
रामेछाप – रामेछापको मन्थलीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मन्थली माविले हात पारेको छ । मन्थली नगरपालिकाले आयोजना गरेकाे उक्त प्रतियोगितामा मन्थली मावि उपाधि हात पार्न सफल भएको हाे ।
प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो स्थान हासिल गरेकाे छ भने कर्कला देवी इङलिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गर्न सफल भएकाे छ।
प्रथम,द्वितिय र तृतिय हुनेहरुलाई क्रमश: २० हजार, १५ हजार र १० हजार नगद सहित शिल्ड,मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा नगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालयले यस अघि पनि लगातार २ पटक रनिङ शिल्ड जितिसकेको छ । उक्त प्रतियोगितामा भलिवल, कबर्दि, तेक्वान्दो, उस्सु र एथलेटिक्स लगाएतका खेलहरु खेलाइएको थियो ।
यसैविच भलिवल तर्फ भने सेतीदेवी मावि सालु उत्कृष्ठ बनेको छ । मन्थली मावि र सेतीदेवी मावि सालु बिच भएको फाइनल खेलमा सालु ले मन्थलीलाई हराउदै भलिवल तर्फको उत्कृष्ठ बिद्यालय बनेको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस