आत्महत्या न्युनिकरण, मनाेराेग तथा तनाव व्यवस्थापन सम्बन्धि अन्तरक्रिया
रामेछाप – आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशकाे आयाेजनामा आत्महत्या न्युनिकरण , मनाेराेग तथा तनाव व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम मन्थलीमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा बुधबार मन्थलीमा भएकाे हाे
जीवन प्रति प्रेम गर्न र जीवनलाई परिवर्तन गराउन सिकाउने हेतुले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले अन्तरक्रियामा बाेल्दै पछिल्लो समय आत्माहत्या गर्ने र मनाेराेगकाे सिकार हुनेहरुकाे संख्या बढेकाे भन्दै जसले गर्दा अपराधीक घटना पनि बढि नै घट्ने गरेकाे बताए । सरकार ,सराेकारवाला निकाय र स्वय व्यक्ति नै यस विषयमा सचेत हुनुपर्ने देखिएकाले यस्ता कार्यक्रमहरु केन्द्रीकृत रुपमा संघ , प्रदेश र स्थानिय तहकाे समन्वयमा पालिका स्तरमा पुर्याउनु पर्ने बताए । उनले विशेषगरी अस्पताल , स्वास्थ्य केन्द्र र विद्यालयहरु मार्फत कार्यक्रमलाई विस्तार गर्नु पर्ने र त्यस पछिकाे प्रभावका विषयमा पनि अध्ययन गर्नपर्ने बताए ।
उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख दिपक प्रसाद न्याैपानेले किशोर ,किशोरीमा निराशा आउनुका कारण र उनिहरुलाइ परिवार र अन्यहरुले व्यवहार गर्दा ध्यान दिनु पर्ने कुराहरुका विषयमा प्रस्तुति राखेका थिए । त्यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाद्वार याेग अभ्यास गराउदै याेग गर्नुकाे फाइदा र तनाव व्यवस्था गर्नका लागि अपनाइने उपाहरुका बारेमा जानकारी गराइन । भने आत्महत्याका कारण , आत्महत्याकाे प्रकृति र न्युनिकरण गर्ने उपाए सम्बन्धि रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले जानकारी दिएका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस