दोस्रो राष्ट्रिय डुङ्गा (लाउ) दौड प्रतियोगिताको उपाधी सुनसरीलाई
रामेछाप – मन्थली नगरपालिका -६ सेलेघाटस्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थल त्रिबेणीमा भएको दोस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिताको उपाधी सुनसरीले हात पारेको छ ।
शुक्रबार संचालन भएकाे प्रतियोगितामा डबलतर्फ सुनसरीले २ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै उपाधी जितेको हो । त्यसैगरी डबलतर्फ रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथबे २ मिनेट ३६ सेकेण्डमा दुरी पूरा गरी द्धितीय भएको छ भने सुनसरी ‘बि’ ले २ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान हासिल गरेको छ ।
त्यसैगरी सिङ्गलतर्फ सुनसरी ‘ए’ ले ३ मिनेट १४ सेकेण्डमा दुरी पूरा गरी प्रथम भएको छ भने सुनसरी ‘सि’ ३ मिनेट ३२ सेकेण्डमा दुरी पूरा गरी द्धितीय र रामेछापको त्रिवेणी क्लवले ३ मिनेट ३३ सेकेण्डमामा दुरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएको हो ।
डबलतर्फ ४ जना र सिङ्गलतर्फ २ जनाको समूह रहेको थियो ।
डबलतर्फ प्रथम हुने समूहले ४० हजार नगद र प्रमाण–पत्र प्राप्त गरेका छन् भने द्धितीयले ३० हजार र तृतीयले २० हजार र प्रमाण–पत्र पाएका छन् । त्यसैगरी सिङ्गलतर्फ प्रथम हुनेलाइ नगद ३० हजार र प्रमाण–पत्र रहेको पुरस्कार प्रदान गरिएकाे छ भने द्धितीय हुनेलाई २० हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिएकाे छ
राष्ट्रिय खेलकुद परिषद र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल माझी उत्थान संघ रामेछाप र न्यू स्टार युवा क्लव मन्थली–६ कुनौरीले आयोजना गरेकाे प्रतियोगितामा विभिन्न ७ जिल्लाबाट सहभागी भएका थिए । जसमा डबलतर्फ ३५ र सिङ्गलतर्फ ३१ गरी ६६ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस