दोस्रो ब्राइट फ्युचर एस ईई कपकाे उपाधी बालबालिका स्कुलकाे पाेल्टामा
काठमाडौ – दोस्रो ब्राइट फ्युचर एस ई ई कप फुटसल खेलकाे उपाधी बालबालिका बाेर्डिङ्ग स्कुलकाे पाेफ्टामा पुगेकाे छ । खेलमा प्रिमियर इन्टरनेशनल स्कूल लाई ५-२ गोल अन्तरले पराजित गर्दै बाेर्डिङ् स्कुलले उपाधि जित्न सफल भएकाे हाे ।
बुधबार सम्पन्न खेलमा बालबालिका स्कूलको लागि शिसिर क्षेत्रि र रोहन मोक्तानले समान २-२ गोल गरे भने सुबोध खड्का ले १ गोल गरे त्यसै गरी प्रिमियर इन्टरनेशनल का सारांश पूरी र प्रतीक घतानीले १-१गोल फर्काए,पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा दोश्रो हाफमा बालबालिका स्कूल ले अग्रता लाई दोब्बर बनायो र जीत निकाल्न सफल भयो ।
प्रतियगितामा उत्कृष्ट गोल किपर बालबालिका स्कुलका युनिक कार्की भए भने उत्कृष्ट खेलाडी बालबालिका कै रोहन मोक्तान भए हुन सफल भएका छन् । त्यस्तै उत्कृष्ट अनुशासित टीम ग्रीन भिलेज हुँदा सर्वाधिक गोल कर्ता प्रिमियर का सारांश पूरी भए ।
विजेता समुहले ३०००० नगत ट्रफी तथा उप विजेता ले २०००० नगद र ट्रफी हात पारे भने अन्य उपाधि मा जनही ५००० का दरले नगद पुस्कार हात पारे ।
कार्यक्रममा चन्द्रागिरी नगर पालिका प्रमुख घनश्याम गिरिले अतिरिक्त क्रियाकलाप गरेर राम्रो गरेकाे भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् ।
विद्यालयका + २ विभाग प्रमुख श्यामकृष्ण महर्जनले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरेका छन् । त्यसैगरि +२ विभागका कार्डिनेटर राजश महर्ज यस्ता खालका प्रतियोगीता आगामी दिनमा अझ भव्य रूपमा आयोजना गरिने बताए ।
विद्यालयका प्रशासकीय प्रमुख दीपक पौडेलले सम्पुर्ण बिजेता समूह तथा खेलाडीहरुलाइ बधाई ज्ञापन गर्दै यस्ता प्रतियोगिताहरु आगामी वर्षहरुमा पनि निरन्तरता दिदै जाने बताए छन् ।
खेलकाे समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता मोहन कुमार कार्कीले गरेका थिए भने चन्द्रागिरि नगरपालिकाकाे प्रमुख घनश्याम गिरिकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
विभिन्न विद्यालयकाे ३० समुहहरु सहभागीता रहेकाे खेल ३ दिनसम्म चलेको थियो ।अघिल्लो बर्षकाे खेलमा २३ वटा समूह सहभागी भएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस