बालमैत्री नगर घाेषणामा सराेकारवालाकाे भुमिका सम्बन्धि अन्तरक्रिया
रामेछाप – रामेछाप नगरपालिकाले बालमेैत्री स्थानीय शासन युक्त नगर घाेषणा गर्नका लागि सराेकारवालाहरुकाे भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेकाे । शुक्रबार नगरले सराेकारवालाहरुसग अन्तरक्रिया तथा छलफल गरेकाे हाे ।
कार्यक्रममा नगरलाई बालमैत्री बनाउनका लागि सराेकारवालाहरुकाे भुमिका, बालमैत्री नगर बनाउन नगरले पुरा गर्नुपर्ने आवस्यक सुचकहरुका विषयमा छफलफ भएकाे थियाे । जस अन्तरगत बालमैत्री स्थानिय शासन सम्बन्धि तालिम राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चाैवेले बालमैत्री स्थानीय शासन सम्बन्धि संवैधानिक व्यवस्था , स्थानिय सरकार ,जनप्रतिनिधिकाे तथा सराेकारवालाकाे भुमिका र नगरले पूरा गर्नुपर्ने सुचकहरुका विषयमा जानकारी दिएका थिए । त्यसैगरी कार्यक्रममा बालमैत्री स्थानिय शासनकाे अवधारणा ,उदेश्य र कार्यन्वयनकाे आवस्यकता सम्बन्धि राष्ट्रिय सहजकर्ता चाैवेले प्रष्ट पारेका थिए ।
त्यस्तै नगरले गत मंसिरदेखि बालमैत्री स्थानिय शासनका लागि विभिन्न अभियानहरु बालविवाह सम्बन्धि सचेतना , सहजकर्तालाइ अभिमुखिरण,जनप्रतिनिधिहरुकाे अगुवाइमा बालअधिकार सम्बन्धि सावधानी सुचना घरघरमा टास्ने लगाएका कार्यक्रमहरु संचालन गरेकाे नगरकाे महिला तथा बालबालिका शाखा प्रमुख विमला शर्माले जानकारी दिइन । २०८१ साल चैत्र मसान्तसम्ममा नगरलाइ बालमैत्री नगर घाेषणा गर्ने लक्ष्य लिएकाे शाखा प्रमुख शर्माले बताइन् ।
कार्यक्रममा सहभागीहरु उक्त कार्यक्रमलाई सफल बनाउन सघाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै प्रतिबद्धतामा सामुहिक हस्ताक्षर समेत गरेका छन् । रामेछाप नगरपालिकाकि उपप्रमुख बालकुमारी कार्कीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सहकारी संस्था ,बाल अधिकार क्षैत्रमा काम गर्ने संघसंस्था ,किशोरी समुह , संचारकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : शिक्षा, समाचार, समाज
ताजा अपडेट
- १ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- २ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ३ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ४ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ५ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ६ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ७ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ८ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल















प्रतिक्रिया दिनुहोस