पकरवासमा वडा कार्यालयको विवादले चर्को रुप लिदै
रामेछाप । खा“डादेवी गाउ“पालिका–५ को वडा कार्यालय भवन निर्माणको स्थान विवादले उग्र रुप लिएको छ ।
साविक पकरवास गाविस रहेको स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न थालेपछि वडाका अधिकांश नागरिक उक्त कार्यको विरोधमा उत्रिएका छन् । उनीहरुले साविकको गाविस रहेको ठा“टीमा नभै वडाको विच केन्द्रमा भवन निर्माण गर्नुपर्ने माग राखेका छन् । ठाँटी वडा नम्बर ५ को विच केन्द्र पर्दैन ।
साविकको पकरवास गाविस टुक्रिएर २ वटा वडा कार्यालय बनेकोले सो स्थान दुवै वडाको केन्द्रको लागि नरहेको स्थानीयले बताएका छन् । यसअघी वडा नम्बर ४ ले केन्द्र छनोट गरी भवन निर्माण गरिसकेको छ । सो वडा नजिकै पर्ने ठा“टीमा ५ नम्बर वडाको भवन निर्माण गर्न थालेपछि वडाबासी विरोधमा उत्रिएका हुन । उनीहरुले वडा, खाँडादेवि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ध्यानाकर्षण र विरोध पत्र वुझाईसकेका छन् ।
विरोधका विच वडा भवन निर्माणका लागि वडा कार्यालयले निर्माण स्थल रातारात काम गर्न थालेपछि स्थानीय बढी आक्रोशित छन् । वडा अध्यक्ष मनोज पौडेलले साविकको नेतृत्वले वडा भवन निर्माण नगरेको, सरकारी जग्गा रहेको र हाल सोहि स्थानमा वडा संचालनमा भएकोले भवन निर्माण रोक्ने भन्दा पनि निर्माण गर्ने तर्फ अघी बताए । ‘हामी निर्णय कार्यान्वयन गर्ने पक्षमा छौं ’ पौडेलले भने – सवैको लागि केन्द्र खोज्दै हिड्ने हो भने वडा कार्यालय वन्दैन ।
यता वडाको उक्त निर्णयको विरोधमा रहेका स्थानीयले भने वडा अध्यक्ष पौडेलले भवन निर्माण गर्ने क्रममा कसैलाई थाहा नदिई उपभोक्ता समिति वनाएको, सर्वदलिय सहमतिको नाममा आफु निकट रहेका व्यक्तिलाई खुसुक्क सहि गराएको, २०७२ साल पछि निर्माण गरीएको तत्कालिन वडा कार्यालयको भवन हटाउदा अपनाउनु पर्ने प्रकृया पुरा नगरी भवन भत्काएकोले लाखौंको सरकारी सम्पत्तिको क्षति गरेको जस्ता आरोप लगाउदै ठाँटिमा कुनै पनि हालतमा वडा भवन निर्माण गर्न नदिने अडान लिदै आएका छन् ।
खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले वडा नम्बर ५ को वडा कार्यालय अधिकांश नागरिकका लागि कोल्टो पर्ने स्थानमा रहेको वताउदै एउटा विधि र प्रकृया पुरा भएकाले सोहि स्थानमानै नयाँ भवन निर्माण गर्ने काम सुरु भएको वताए । ‘यति धेरै असन्तुष्टि आउला भन्ने लागेको थिएन’ श्रेष्ठले भने – पालिकामा बहुमतको आधारमा निर्णय भएको हो । तरपनि गुनासो आयो ,त्यसको संवोेधनका लागि एकसाता भित्र म पहल गर्छु ।
यसैविच वडा कार्यालयको विवादको विषय जिल्ला समन्वय समितिमा पुगेपछि अनुगमनमा पुगेकी जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीले वडा कार्यालय निर्माणको विषय विवादित वनेकाले पेलेर निर्माण गर्ने भन्दा पनि सहमतिबाटै अघी बढ्नु पर्ने वताईन । विवादले ठुलो रुप लिएकोले भोलीका दिनमा कुनै अप्रिय घटना हुन सक्ने तर्फ सजह हुन नेतृत्वले तत्कालै दुवै पक्षलाई राखेर वार्ता गराई समाधानको पहल गर्न उनले आग्रह गरिन । विवादको निरुपण नभइ ठाँटिमा हुने कुनैपनि निर्माण कार्यले अशान्ति श्रृजना हुने भएकाले निर्माण कार्य स्थगित गर्न पनि निर्देशन दिएकी छिन् ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस