शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
रामेछाप- शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त खेलमा सबैभन्दा लामाे ५५ किलोमिटरमा भएकाे प्रतिस्पर्धा सोलुका सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए ।
साेहि प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो स्थान हासिल गरेका छन् । सुनुवारले उक्त दुरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । त्यसैगरी धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा उक्त दुरी पूरा गरेर तृतीय स्थान हासिल गरेका थिए ।
यसैगरी २५ किलोमिटरकाे लागि प्रतिस्पर्धामा मोहन देव जोशी प्रथम भएका छन् । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । उक्त खेल हुने देवराज महतरा द्वितीय भएका छन् । उनले साेहि दुरी ३ घण्टा १० मिनेट १० सेकेन्डमा पूरा गरेका थिए । उक्त दुरी ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा पूरा गरेर होमलाल श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले शुभारम्भ गरेका थिए । उक्त प्रतियाेगिता सुनापतिबाट बिहान ७ बजे सुरु भएको थियाे ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस