कराते महासंघ रामेछापको अध्यक्षमा शुक्र माझी चयन
रामेछाप – नेपाल कराते महासंघ रामेछापको अध्यक्षमा शुक्र माझी चयन भएका छन् । खेलकुद विकास समिति रामेछापको बिहीबार सम्पन्न बैठकले माझीलाई महासंघकाे अध्यक्ष पदमा चयन गरेको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहामगरको विशेष उपस्थितिमा बसेको बैठकले शुक्र माझीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको खेलकुद विकास समिति रामेछापले जनाएको छ ।
समितिकाे उपाध्यक्षमा मकर बहादुर श्रेष्ठ (क्वान मुकान) र ज्ञानबहादुर थापामगर (वादोरियो) सचिवमा मनीकुमार सुनुवार (सितोरियो) रहेका छन् । त्यस्तै कोषाध्यक्षमा कुमार चौलागाई (गोजुरियो) चयन भएका छन् भने सदस्यहरुमा राजु भुजेल (सितोरियो), इन्द्र रोजन मगर (वादोरियो), विमल सिजाली मगर (सितोरियो), रोजी वि.क. (सितोरियो), उत्तम कुमार श्रेष्ठ (सितोरियो) र सदिक्षा खड्का (सितोरियो) सदस्यमा चयन भएका छन् ।
त्यस्तैगरि निर्वतमान अध्यक्ष हिमालय योन्जन,, गोपाल बहादुर माझी र सरोज गाहमगरलाई सल्लाहकार समितिमा मनोनयन गरेको छ ।
जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधि बढेसंगै महासङ्घले शुक्र बहादुर माझी, मकर बहादुर श्रेष्ठ, ज्ञान थापा मगर, मणिकुमार सुनुवार र सन्जना माझीलाई महासङ्घको विधान अनुसार प्रदेश समितिका लागि पनि सिफारिस गरेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस