गोकुलगंगामा राष्ट्रपति रनिङशिल्ड
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका स्तरिय तेश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जट्टेश्वर मावि चुचुरेमा विहिार देखि सुरु भएको छ ।
बागमति प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटनको क्रममा श्रेष्ठले खेलको माध्यमबाट नैतिक अनुशासनका साथै व्यक्तित्व विकास , आर्थिक विकास र राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नाम राख्न सकिने भएकाले वताए । उनले खेलकुदको क्षेत्रमा राज्यले ठुलो लगानी गरेको भन्दै पालिका स्तरमा खेल मैदानको विकासका लागि आफुले सकेको काम गर्ने आश्वासन दिए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्का ( दिनेश ) ले रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहमा हुने खेलको विकास मात्र नभै प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने वताएका थिए ।
तीन दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा गोकुलगंगा गाउँपालिकाका विद्यालयहरुले भाग लिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस