जिल्ला बचत तथा ऋण सहकारी संघकाे अध्यक्षमा पुनः दाहाल

रामेछाप – रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको अध्य११क्ष पुन जगन्नाथ दाहाल चयन भएका छन् । शनिवार संघको निर्वाचनबाट नवजागरण बचत तथा ऋण सहकारी संस्थाका दाहाल अध्यक्षमा चयन भएका हुन ।
त्यसैगरि उपाध्यक्षमा मन्थली बचत तथा ऋण सहकारी संस्थाका नवीन केसी चयन भएका छन् । त्यस्तै महासचिवमा साहारा बचत तथा ऋण सहकारीका शिवराज श्रेष्ठ चयन भएका छन् । यसैगरी बेताली बचत तथा ऋण सहकारी संस्थाका कुल बहादुर कार्की कोषाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जनहित कोष बचत तथा ऋण सहकारीकी दीपशिखा दाहाल,केवलेश्वर बचत तथा ऋण सहकारीका देवबहादुर श्रेष्ठ, धारा पानी बसेरी बचत तथा ऋण सहकारीका रत्न बहादुर नेवार, दिदी बहिनी महिला बचत तथा ऋण सहकारीकी शोविता न्यौपाने र पञ्चशिचल बचत तथा ऋण सहकारीका सुरेश कुमार केसी चयन भएका छन् ।
१७३ वटा सहकारी संस्था आबद्ध भएको रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिको लेखा सुपरिवेक्षण समितिमा जनमभूमी बचत तथा ऋण सहकारीका प्रज्ञान खड्का, नवसन्देश बचत तथा ऋण सहकारीका विवेक श्रेष्ठ र ग्रामीण बचत तथा ऋण सहकारीका सङ्गीता अधिकारी चयन भएका हुन् ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस