जिल्ला समन्वय प्रमुखले गरिन कार्यक्रम बहिष्कार

रामेछाप । चार बर्ष देखि संचालनमा आएको स्वास्थ्य सम्बन्धि परियोजना जिल्लाबाट बाहिरीन थालेको बेला विवादमा तानिएको छ ।
रामेछापमा सन् २०१९ देखि सुरक्षित मातृत्व र शिशु स्याहार सम्बन्धि कार्यमा सहयोग गर्दै आएको दावि गर्ने वान हर्ट वल्र्डवाईड परियोजना अपारदर्शि भएको भन्दै आलोचित भएको हो । करिव साढे ३ करोड रुपैया लागतको उक्त परियोजना यसै महिना सकिदैथियो ।
बुधबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले गुपचुप रुपमा परियोजनाले काम गरेको भन्दै सरोकारवाला लाई यथेष्ट जानकारी नदिएको आक्रोश सहित बहिर्गमन बैठक बहिष्कार गरेकी थिईन । परियोजनाका अधिकारीले चित्त वुझ्दो जानकारी दिन नसक्दा कार्यक्रममा उपस्थित संचारकर्मीले समेत कार्यक्रम छोडेर बाहिरीएको नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले वताए ।
रामेछाप जिल्लाका सवै स्थानीय तहमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुरक्षा र प्रवद्र्धनका लागि काम गर्दै आएको दावि परियोजनाले गरेको छ । तर परियोजनाको सवै कार्य स्वास्थ्य कार्यालयलाई समेत जानकारीमा छैन् । परियोजनाले कार्यक्रम बारेको प्रगति सम्बन्धित निकायलाई वुझाउदैन ।
मातृ तथा नबजात शिशुको स्वास्थ्य सुधार र प्रबर्धनका लागि बर्थिङ सेन्टरको निर्माण र गुणस्तरको वृद्धिका लागि स्थानीय सरकार संग साझेदारीको कार्य गर्नुका साथै विभिन्न प्रकारका तालिम प्रदान गर्ने परियोजनाको मूख्य कार्य भएको परियोजनाका सम्पर्क विन्दु राजेश लोहनीले वताए । लोहनीका अनुसार यस अघिका फोकल विन्दुले परियोजनाको बारेमा यथेष्ट जानकारी नदिदा बुधबारको कार्यक्रम विथोलिएको हो । लोहनी हालै मात्र जिल्लामा आएका हुन ।
मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले परियोजनाले मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा थोरै भएपनि सकारात्मक कार्य गरेको दावि गरेका छन् । गरेका कार्यको प्रचार गर्न नसक्नु या प्रतिवेदन सम्बन्धित स्थानमा दिन नसक्नुको कारण वुधबार कार्यक्रम बहिष्कार सम्मको वातावरण वनेको हुन सक्ने उनले आँकलन गरे ।
त्यसैगरी रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले समेत परियोजनाबाट बर्थिङ सेन्टरको व्यवस्थापन र क्षमता अभिवृद्धिमा सहयोग पुगेको वताए ।
बुधबारको बहिर्गमन बैठकमा जिल्ला समन्वय समितिकि प्रमुख कार्कीले परियोजनाका सम्बन्धमा जिल्लाका मुख्य भूमिकामा रहेका अधिकारीलाई कुनै जानकारी नहुनु अनौठो भएको भन्दै अपारदर्शि तवरले संचालन हुने परियोजनाको कार्यक्रममा आफ्नो सहभागिता नहुने जनाएकी थिईन । कार्यक्रमबारे जानकारीनै नगराई आफुलाई एक्कासी सहभागि गराएकोमा उनले आपत्ति जनाएकी हुन । बुधबार विथोलिएको बैठक फेरी आयोजना गरिने र त्यस अघी सवै कार्यक्रमको बारेमा सम्बन्धी पक्षमा प्रयाप्त सूचना उपलव्ध गराउने लोहनीले वताएका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
- २ प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
- ३ नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
- ४ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- ५ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ६ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ७ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ८ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
प्रतिक्रिया दिनुहोस