६७ अाै प्रहरी दिवसमा विभिन्न कार्यक्रम गरिदै
रामेछाप -जिल्ला प्रहरी कार्यालय रामेछापले ६७ अाै प्रहरी दिवसकाे अवसर विभिन्न कार्यक्रमकाे अायाेजना गरेकाे छ । कार्यालयले प्रहरी दिवसको अवसरमा बिहिवार विभिन्न खेल कार्यक्रम गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दिवसकाे अवसरमा अायाेजित कार्यक्रमहरुमा अाज पहिलाे दिन अन्तर प्रहरी कार्यलय स्तरिय पुरुष डबल्स ब्याडमिन्टन र पुरष डबल्स टेबलटेनिस प्रतियाेगिता कार्यक्रम गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्ले बताए ।
त्यसैगरि दिवसकाे अवसरमा भाेली २८ गते बिहान ८ बजे जिल्ला रेडक्रस साेसाइटिसँगकाे समन्वयमा रक्तदान कार्यक्रम राखिएकाे प्रहरी प्रमुख थिङ्ले जानकारी दिएका छन । त्यस्तै २९ गते डेङ्षाे प्रकाेप नियन्त्रणका लागि मन्थली नगरपालिकाकाे समन्वयमा सरसफाइ कार्यकम राखिएकाे थिङ्ले जानकारी दिए ।
त्यसैगरि ३० गते वृक्षारोपण तथा संरक्षण कार्यक्रम गर्ने कार्यक्रम रहेकाे छ भने दिवस कार्यक्रमकाे अन्तिम दिन असाेज ३१ गते अर्थात असाेज मसान्त प्रहरी दिवसका दिन अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमकाे समापन गरिने रामेछापका प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिएका छन् ।
प्रहरी दिवस रहेक वर्ष असाेज मसान्तकाे दिन मनाइने गरिन्छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ महासंघ रामेछापको बार्षिक साधारण सभा
- २ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ३ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ४ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
- ५ मध्यरातमा मन्त्री पाण्डेद्वारा विमानस्थल अवलाेन
- ६ बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
- ७ फर्पु सुमाे दुर्घटना :अपडेट
- ८ रामेछापको फर्पुमा सुमाे दुर्घटना हुदा वडा अध्यक्ष सहित ५ जनाकाे मृत्यु
प्रतिक्रिया दिनुहोस