नवलपरासीबाट प्रदेश सभा सदस्यका लागि श्रमिक नेता यादव सिफारिस
काठमाडौ – आगामी मंसिर ४ गते हुने निर्वाचनकोलागी नेपाली कांग्रेस नवलपरासी क्षेत्र न.-२, प्रदेश ” ख” बाट समानुपातिक उम्मेदवारमा श्रमिक नेता अयोध्या प्रसाद यादवलाई सिफारिस गरेका छन् ।
क्षेत्रीय समितिको निर्णयलाई जिल्ला समितिको भाद्र २० गते बसेको बैठकले समेत यादवलाई समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेको हो । यादव यस अघिको निर्वाचनमा पनि समानुपातिकतर्फको उम्मेदवार थिए । अयोध्या प्रसाद यादव नेपालको श्रमिक आन्दोलनमा चिरपरिचित नाम हो । लामो समयदेखि श्रमिकको हकहितका लागि क्रियासिल यादव ट्रेड युनियन कांग्रेसका निवर्तमान उपाध्यक्ष हुन् ।
यादव श्रमिक आन्दोलन भित्र हक्की स्वभावका कारण आम श्रमिकमाझ लोकप्रिय छन् । पछिल्लो समय श्रमिक आन्दोलनसंगै कांग्रेस राजनीतिमा समेत सक्रिय छन् ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस