नवलपरासीबाट प्रदेश सभा सदस्यका लागि श्रमिक नेता यादव सिफारिस
काठमाडौ – आगामी मंसिर ४ गते हुने निर्वाचनकोलागी नेपाली कांग्रेस नवलपरासी क्षेत्र न.-२, प्रदेश ” ख” बाट समानुपातिक उम्मेदवारमा श्रमिक नेता अयोध्या प्रसाद यादवलाई सिफारिस गरेका छन् ।
क्षेत्रीय समितिको निर्णयलाई जिल्ला समितिको भाद्र २० गते बसेको बैठकले समेत यादवलाई समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेको हो । यादव यस अघिको निर्वाचनमा पनि समानुपातिकतर्फको उम्मेदवार थिए । अयोध्या प्रसाद यादव नेपालको श्रमिक आन्दोलनमा चिरपरिचित नाम हो । लामो समयदेखि श्रमिकको हकहितका लागि क्रियासिल यादव ट्रेड युनियन कांग्रेसका निवर्तमान उपाध्यक्ष हुन् ।
यादव श्रमिक आन्दोलन भित्र हक्की स्वभावका कारण आम श्रमिकमाझ लोकप्रिय छन् । पछिल्लो समय श्रमिक आन्दोलनसंगै कांग्रेस राजनीतिमा समेत सक्रिय छन् ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस