डुङ्गा दौड प्रतियोगितामा सुनसरीको दवदबा

रामेछाप – रामेछापको मन्थली नगरपालिका ६ सुनकोशी नदीमा शनिबार देखि संचालन भएको प्रथम खुल्ला डुङगा दाैड प्रतियोगितामा नेपाल माझी संघ सुनसरी प्रथम स्थान हासिल गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको उक्त डुङ्गा दौड प्रतियोगिताको एकल र डबल दुवै प्रतिस्पर्धामा सुनसरीले बाजि मारेको हो । विभिन्न २० जिल्लाका प्रतियोगितालाई पछि पार्दै सुनसरी माझी उत्थान संघले दुवै तर्फको प्रतिस्पर्धामा दवदबा जमाएको हो ।
जिल्ला खेलकुद विकास समिति रामेछापका अनुसार सुनसरी टिमले एकल तर्फ चन्द्र र जिवन माझीको टिमले १ मिनेट २२ सेकेण्डमा दौड पुरा गरेका थिए । सुनकोशीको भेल ठुलो भएकाले एकल प्रतिस्पर्धामा २ जना र डबलमा ४ जना राखेर प्रतिस्पर्धा गराईएको थियो । डबल तर्फ पनि सुनसरी टिमले १ मिनेट ५३ सेकेण्डमा नदी वारपार गरेर पुरस्कार जितेको थियो । डबलमा चन्द्र, जिवन , जितेन्द्र र भेषवहादुर माझीले प्रतिस्पर्धा गरेका थिए ।
सुनकोशी नदीमा वारी बाट पारी पुगेर फर्केर आउनु पर्ने उक्त प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल माझी संघ रामेछापको टिम द्धितिय र नेपाल माझी उत्थान संघ सिन्धुलीको टिमले तृतिय स्थान हात पारेको थियो । प्रतियोगिताको एक तर्फ प्रथम द्धितिय र तृतियलाई क्रमस २० हजार १५ हजार र १० हजार तथा डबल तर्फ ३० हजार २० हजार र १० हजार पुरस्कार रहेको थियो ।
माझी जातिको परम्परागत पेशा डुङ्गा तार्ने भएता पनि पुलको विकासले उक्त पेशा संकटमा परेको थियो । सेलेघाटमा रहेको सिमलको परम्परागत डुङ्गा हेलेर सुनकोशी वारीपारी गर्ने उक्त प्रतियोगितामा युवक देखि वृद्ध सम्मले भाग लिएका थिए । प्रतियोगितामा भाग लिन माझीनै हुनुपर्ने नियम रहेको थियो । प्रतियोगिले सुनकोशीको पूर्वि किनारबाट पश्चिम किनारमा पुग्ने , त्याहा राखेको फुर्लुङ लिएर फर्कनु पर्ने नियम थियो । एक किसीमको रिले दौड उक्त प्रतियोगिता नेपालमै पहिलो पटक राखेको हो ।
माझी पेशा र परम्परालाई जगेर्ना गर्नका लागि प्रतियोगिता आयोजना गरीएको हो । प्रतियोगिता आयोजना गर्नका लागि मन्थली नगरपालिकाले सहयोग गरेको थियो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शनिबार सेलेघाटमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा घिसिङले डुङ्गा दौड प्रतियोगिताले माझी जातिको परम्परागत पेशा लोप हुन जोगाउने मात्र नभै आपसी सम्बन्धलाई प्रगाढ वनाउने वताएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस