डुङ्गा दौड प्रतियोगितामा सुनसरीको दवदबा
रामेछाप – रामेछापको मन्थली नगरपालिका ६ सुनकोशी नदीमा शनिबार देखि संचालन भएको प्रथम खुल्ला डुङगा दाैड प्रतियोगितामा नेपाल माझी संघ सुनसरी प्रथम स्थान हासिल गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको उक्त डुङ्गा दौड प्रतियोगिताको एकल र डबल दुवै प्रतिस्पर्धामा सुनसरीले बाजि मारेको हो । विभिन्न २० जिल्लाका प्रतियोगितालाई पछि पार्दै सुनसरी माझी उत्थान संघले दुवै तर्फको प्रतिस्पर्धामा दवदबा जमाएको हो ।
जिल्ला खेलकुद विकास समिति रामेछापका अनुसार सुनसरी टिमले एकल तर्फ चन्द्र र जिवन माझीको टिमले १ मिनेट २२ सेकेण्डमा दौड पुरा गरेका थिए । सुनकोशीको भेल ठुलो भएकाले एकल प्रतिस्पर्धामा २ जना र डबलमा ४ जना राखेर प्रतिस्पर्धा गराईएको थियो । डबल तर्फ पनि सुनसरी टिमले १ मिनेट ५३ सेकेण्डमा नदी वारपार गरेर पुरस्कार जितेको थियो । डबलमा चन्द्र, जिवन , जितेन्द्र र भेषवहादुर माझीले प्रतिस्पर्धा गरेका थिए ।
सुनकोशी नदीमा वारी बाट पारी पुगेर फर्केर आउनु पर्ने उक्त प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल माझी संघ रामेछापको टिम द्धितिय र नेपाल माझी उत्थान संघ सिन्धुलीको टिमले तृतिय स्थान हात पारेको थियो । प्रतियोगिताको एक तर्फ प्रथम द्धितिय र तृतियलाई क्रमस २० हजार १५ हजार र १० हजार तथा डबल तर्फ ३० हजार २० हजार र १० हजार पुरस्कार रहेको थियो ।
माझी जातिको परम्परागत पेशा डुङ्गा तार्ने भएता पनि पुलको विकासले उक्त पेशा संकटमा परेको थियो । सेलेघाटमा रहेको सिमलको परम्परागत डुङ्गा हेलेर सुनकोशी वारीपारी गर्ने उक्त प्रतियोगितामा युवक देखि वृद्ध सम्मले भाग लिएका थिए । प्रतियोगितामा भाग लिन माझीनै हुनुपर्ने नियम रहेको थियो । प्रतियोगिले सुनकोशीको पूर्वि किनारबाट पश्चिम किनारमा पुग्ने , त्याहा राखेको फुर्लुङ लिएर फर्कनु पर्ने नियम थियो । एक किसीमको रिले दौड उक्त प्रतियोगिता नेपालमै पहिलो पटक राखेको हो ।
माझी पेशा र परम्परालाई जगेर्ना गर्नका लागि प्रतियोगिता आयोजना गरीएको हो । प्रतियोगिता आयोजना गर्नका लागि मन्थली नगरपालिकाले सहयोग गरेको थियो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शनिबार सेलेघाटमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा घिसिङले डुङ्गा दौड प्रतियोगिताले माझी जातिको परम्परागत पेशा लोप हुन जोगाउने मात्र नभै आपसी सम्बन्धलाई प्रगाढ वनाउने वताएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस