खेलकुद मार्फत पर्यटन प्रवर्द्धनमा सहयाेग पुगेकाे छ : महावाणिज्यदुत कार्की
काठमाडौ –नेपालका लागी मरिससका अवैतानिक महावाणिज्यदुत गणेश कार्कीले खेलमुद मार्फत पर्यटन प्रवर्द्धनमा सहयाेग पुगेकाे छ बताएका छन् ।
मौरिसस विजनेस काउन्सिलले नेपालसँग मैत्रीपूर्ण फुटबल खेलको मौरिससको राष्ट्रिय फुटबल टोलीलाई काठमाडौंमा रात्री भोजको आयोजना गरेको छ । उक्त रात्रीभोजमा नेपालका लागी मरिससका अवैतानिक महावाणिज्यदुत गणेश कार्कीले खेलकुदले दुई देशको सम्वन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाईचारा सम्बन्ध विकासकाे सन्देश प्रबाह गरेको बताए ।
कार्कीले भने, ‘हामी अव खेलकुदको माध्यामबाट पर्यटनलाई चलाएमान बनाउन सक्छौँ भन्ने विश्वास पनि लिएका छौं ।’ मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र मौरिससबीच मैत्रीपूर्ण सम्वन्ध कायम गरेको र खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अखिल नेपाल फुटबल संघ र अध्यक्ष कर्मा छिरिङ शेर्पाप्रति आभार प्रकट गरे । महावाणिज्यदूत कार्कीले मौरिससको राष्ट्रिय टोलीका सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका छन् ।
यस्तै, नेपाल–मौरिसस विजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपालललाई बधाई दिँदै मौरिससको टोलीले राम्रो खेल प्रदर्शन गरी नेपालीको मन जितेको भन्दै धन्यवाद व्यक्त गरे । नेपालसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली माघ १० मा नेपाल आइपुगेको थियो । नेपाल र मरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल भएका थिए । दुईवटा मैत्रीपूर्ण खेल खेलेको नेपालले एक सुन्यले जितेको थियो
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस