खेलकुद मार्फत पर्यटन प्रवर्द्धनमा सहयाेग पुगेकाे छ : महावाणिज्यदुत कार्की
काठमाडौ –नेपालका लागी मरिससका अवैतानिक महावाणिज्यदुत गणेश कार्कीले खेलमुद मार्फत पर्यटन प्रवर्द्धनमा सहयाेग पुगेकाे छ बताएका छन् ।
मौरिसस विजनेस काउन्सिलले नेपालसँग मैत्रीपूर्ण फुटबल खेलको मौरिससको राष्ट्रिय फुटबल टोलीलाई काठमाडौंमा रात्री भोजको आयोजना गरेको छ । उक्त रात्रीभोजमा नेपालका लागी मरिससका अवैतानिक महावाणिज्यदुत गणेश कार्कीले खेलकुदले दुई देशको सम्वन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाईचारा सम्बन्ध विकासकाे सन्देश प्रबाह गरेको बताए ।
कार्कीले भने, ‘हामी अव खेलकुदको माध्यामबाट पर्यटनलाई चलाएमान बनाउन सक्छौँ भन्ने विश्वास पनि लिएका छौं ।’ मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र मौरिससबीच मैत्रीपूर्ण सम्वन्ध कायम गरेको र खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अखिल नेपाल फुटबल संघ र अध्यक्ष कर्मा छिरिङ शेर्पाप्रति आभार प्रकट गरे । महावाणिज्यदूत कार्कीले मौरिससको राष्ट्रिय टोलीका सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका छन् ।
यस्तै, नेपाल–मौरिसस विजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपालललाई बधाई दिँदै मौरिससको टोलीले राम्रो खेल प्रदर्शन गरी नेपालीको मन जितेको भन्दै धन्यवाद व्यक्त गरे । नेपालसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली माघ १० मा नेपाल आइपुगेको थियो । नेपाल र मरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल भएका थिए । दुईवटा मैत्रीपूर्ण खेल खेलेको नेपालले एक सुन्यले जितेको थियो
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस